शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • दीपक र जितुको सम्बन्ध सुधार भएको हो ?
मनोरञ्जन

दीपक र जितुको सम्बन्ध सुधार भएको हो ?

काठमाडौं । कलाकार दीपकराज गिरी र जितु नेपालबीच केही समययता सम्बन्ध धेरै राम्रो नरहेको चर्चा छ । भलै उनीहरू एकअर्कालाई सामाजिक सञ्जालमा शुभकामनाका शब्द खर्चिरहेका हुन्छन् । जितु कै अनुसार उनीहरूबीच भेट पनि भइरहन्छ ।

दीपाश्री निरौलालाई ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षबाट दीपाश्री निरौलालाई हटाएर करिष्मा मानन्धरलाई राखेपछि दीपक र दीपाले असन्तुष्टि जनाएका थिए । यसमा जितु नेपालले आफूले हतारमा केही गल्ती गरेको स्वीकार पनि गरिसकेका छन् । दीपा र जितुबीच त्यसयता पनि भेटघाट भइरहेको देखिन्छ ।

विज्ञापन

 

विज्ञापन

दीपकले ‘छक्का पञ्जा–४’ अथवा अरु नै नाममा बन्ने चलचित्रमा जितुलाई समावेश नगर्ने संकेत गरिहरहेका छन् । जितुले पनि अरु व्यानरको चलचित्रमा अभिनय गरिसकेका छन् ।

यसैबीच, जितु नेपालको आज परेको जन्मदिनमा दीपकराज गिरीले शुभकामना दिँदै भनेका छन्, “धेरै शब्दहरू खर्चिने सोचेको थिएँ । तर, यो फोटोले मेरा शब्दहरूलाई आफैँ सम्पादन गरिदियो । समय बदलियो होला, परिस्थिति बदलियो होला तर प्रेम उस्तै छ । प्रिय मित्र जितु नेपाल जन्मदिनको हार्दिक शुभकामना ।”

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस