शनिबार, भदौ २०, २०८२
  • होमपेज
  • समाचार
  • प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्छ : राजेन्द्र लिङदेन
समाचार

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्छ : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने बताएका छन्।

 

विज्ञापन

मंगलबार काठमाडौंमा दोलखा–काठमाडौं उपत्यका सम्पर्क समाजको दोस्रो अधिवेशन उद्घाटन गर्दै लिङदेनले देशमा देखिएको बेतिथि अन्त्य गर्न प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली हुनुपर्ने बताएका हुन्।

विज्ञापन

उनले पूर्णसमानुपातिक संसदीय प्रणाली हुनुपर्ने र यसले गर्दा सांसद हुन मतदाता किन्नुपर्ने र प्रधानमन्त्री हुन सांसद किन्नुपर्ने अवस्थाको अन्त्य हुने तर्क गरे।

अहिले देश अहिलेसम्मकै अप्ठेरो परिस्थितीबाट ग्रुजिरहेको भन्दै नागरिकहरुले ठिक ढंगले निर्णय लिन नसके देशले ठूलो क्षति व्यहोर्नुपर्ने उनले बताए।

उनले देशलाई दुर्घटनाबाट बचाउन र देशलाई असफल राष्ट्र हुनबाट जोगाउन सबै नागरिकले योगदान गर्नुपर्ने बेला आएको तर्क गरे।

उनले अहिले नेतृत्वले स्थापित गरेको प्रणाली नै गलत भएको धारणा राखे।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस