शनिबार, मंसिर १५, २०८१
  • होमपेज
  • समाचार
  • किसानलाई मल, बिउ र बजार व्यवस्थापन सरकारले गर्नुुपर्छ : बीना मगर
समाचार

किसानलाई मल, बिउ र बजार व्यवस्थापन सरकारले गर्नुुपर्छ : बीना मगर

काठमाडौं । नेकपा माओवादी केन्द्रको सांसद बीना मगरले सरकारले किसानहरुका लागि मल, बिउ र बजारको उचित व्यवस्थापन गर्नुपर्ने बताएकी छन् ।

संघीय संसदको प्रतिनिधिसभामा जारी मन्त्रालयगत विनियोजनमाथि छलफलमा भाग लिदै पूर्व मन्त्री मगरले किसानलाई उत्पादन बढाउ भन्ने तर त्यसका लागि भौतिक पूर्वाधार नबनाईदिने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाई छ ।

विज्ञापन

माओवादी केन्द्रीय सदस्य मगरले भनिन्, ‘कृषिमा प्राथामिकता त भन्छौं हामी । तर सिंचाईको अभाव, मलको अभाव छ । सरकारले एकातिर कृषि क्षेत्रलाई उत्साही गराउने कुरा गर्ने तर किसानहरु मल र पानी जस्ता आधारभूति विषयमा छटपटाउने पर्ने अवस्था विद्यमान छ ।

विज्ञापन

’ मन्त्री आधुनिकिकरण र व्यवसायीकरण गर्न सक्षम र तयार रहेको बताईन । ‘किसानले उत्पादन गरेको बस्तुको बजार व्यवस्थापन निकै जटिल छ । किसानले झेल्न परेको विचौलियाको समस्या सरकारले नजरअन्दाज गरिरहेको छ । एउटा किसानले उत्पादन गरिसकेपछि त्यसको बजार व्यवस्थापनको जिम्मा सरकारले लिनुपर्छ । अनि मात्रै किसानले सुरक्षिम महसुश गर्न सक्छन् । तर यो काम हुन नसक्दा किसान अन्यायमा परेका छन् । कन्चनपुर जिल्ला सीमावर्ती जिल्ला हो । हाम्रो जिवन यापनका हरेक सामान भारतको बजारमा निर्भर भएका हुन्छन् । स्वदेशी सामाग्री उपभोग गर्ने कुरा जटिल छ,’ उनले भनिन् ।

उनले भनिन्, ‘तर राज्यले लगानी गर्न आवश्यक छ । हामी किसानलाई उत्पादन गर भन्छौं । तर विचौलिया र बजार व्यवस्थापन जस्ता विषयमा सरकारले नजरअन्दाज गरिरहेको छ । बजार व्यवस्थापनको जिम्मा सरकारले लिनुपर्छ । बजार व्यवस्थापनको ज्ञारेन्टी सरकारले गर्नुपर्छ । सुदुरपश्चिम र अन्चनपुर जिल्लामा यस्ता काम गर्ने हो भने ठूलो सम्भावना छ । हामीले हरेक युवा र महिलालाई उद्योगसँग जोड्ने नीति लिएमा देशको महत्वपूर्ण आयस्रोत बन्न सक्दछ । ‘

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस