आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • ‘राम्रा मान्छेले फड्को मार्छन्, म पनि कक्षा ३ बाट एकैचोटी ५ मा पुगेको थिएँ’
समाचार

‘राम्रा मान्छेले फड्को मार्छन्, म पनि कक्षा ३ बाट एकैचोटी ५ मा पुगेको थिएँ’

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राम्रा मान्छेहरुले एकैचोटी फड्को मार्दा फरक नपर्ने बताएका छन्।

समाजवादीनिकट विद्यार्थी विशेष जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

विज्ञापन

‘तपाईंहरुले पार्टी सदस्यता कहिले लिनु भयो? ढिलो चाँडो जहिले लिए पनि तपाईंहरु विद्यार्थी विशेष जिल्ला कमिटीमा आउनु भएको छ। मानिसहरुले क्रमैसँग भर्‍याङ चढ्नुपर्छ’, उनले भने, ‘तपाईंहरुको कतै ‘रकेट प्रमोशन’ भएको त होइन नि!’

विज्ञापन

उनले राम्रा मान्छेले फड्को मार्दा गुनासो नहुने बताए। ‘राम्रा मान्छेले फड्को मार्छन्, म पनि म पनि एकैचोटी कक्षा ३ बाट ५ मा पुगेको थिएँ’, उनले भने, ‘मान्छेमा खुबी छ भने त्यो देखिनुपर्छ। जन्मिँदैदेखि प्रतिभाशाली हुन्छन् कोही मान्छे।’

उनले आफूले ५५ वर्षअघि नै कलेज जीवन सुरु गरेको सुनाए। ‘२०२४ सालमा मेरो कलेज जीवन सुरु भएको थियो’, उनले भने, ‘हामी राम्रा र प्रशिक्षित कार्यकर्ता तयार गर्न चाहन्छौँ। हामी लोभी पापीहरुको जमात बनाउन चाहदैँनौँ।
हामी देशलाई लुट्ने जनतालाई चुस्ने पार्टी बनाउन चाहदैँनौँ।’

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस