आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा असारबाट नयाँ लाइसेन्स पाइने, २८ जना कर्मचारीको दरबन्दी स्वीकृत
समाचार

चितवनमा असारबाट नयाँ लाइसेन्स पाइने, २८ जना कर्मचारीको दरबन्दी स्वीकृत

चितवन।

यातायात व्यवस्था सेवा कार्यालय चितवनले असारभित्रै सवारीसाधनको नयाँ लाइसेन्सका लागि ट्रायल लिने गरी तयारी गरेको छ ।

विज्ञापन

 

विज्ञापन

 

ट्रायल सेन्टरको छनोटदेखि कर्मचारी दरबन्दी मिलाउने पक्रिया यातायात कार्यालयले सञ्चालन गरिरहेको कार्यालयले जनाएको हो ।

यातायात सेवा कार्यालयका सूचना अधिकारी गोविन्द पौडेलले सकभर जेठको अन्तिम र नसकेमा असारभित्रमा सेवा सुरु गर्ने तयारी गरिएको  जानकारी दिए । सेवा सुरु भएपछि बाग्मती प्रदेशका सबै जिल्लाका नागरिकहरुले भरतपुरमा आएर सवारी लाइसेन्स बनाउन सक्नेछन् । अनलाइनबाट नै उनीहरुले टोकन लिन पाउँने व्यवस्था गरिँदै छ । यसअघि जेठभित्रै ट्रायल सुरू गर्ने भनिएकामा ट्रायल सेन्टरहरुको प्राविधिक मूल्याङ्कन गर्ने काम लम्बिँदा ढिलो भएको पौडेलले बताए । सूचना अधिकारी पौडेलले भने, ‘अहिले ६ वटा ट्रायल सेन्टरहरुको प्राविधिक मूल्याङ्कन गर्ने काम भइरहेको छ । तोकिएको मापदण्ड पुगेका सेन्टरलाई छनोट गरिन्छ ।’

कार्यालयको आफ्नै ट्रायल लिने ठाउँ नभएकोले निजी ट्रायल सेन्टर छनोटका लागि कार्यालयले वैशाख २ गते १५ दिने सूचना निकालेर प्रस्ताव आह्वान गरेको थियो । प्रस्ताव पेस गर्नेमा भरतपुरका एक्सिस ड्राइभिङ, महालक्ष्मी ट्रायल सेन्टर, चितवन ड्राइभिङ स्कुल, सदगुरू ड्राइभिङ, गरिमा ड्राइभिङ इन्स्टिच्युट र त्रिवेणी ड्राइभिङ सेन्टर रहेका छन् ।

प्राविधिक मूल्याङ्कन छनोट सकेपछि आर्थिक मूल्याङ्कनको प्रस्ताव आह्वान गर्ने यातायात सेवा कार्यालयले जनाएको छ । त्यसमा कार, बाइक र गाडीको ट्रायल शुल्क कति लिने भन्ने प्रस्ताव सबैले पेस गर्छन् । जसले कम शुल्कमा सुविधा दिन्छु भन्छ उही प्रस्तावक छनोटमा पर्छ । सूचना अधिकारी पौडेलले सवारी लाइसेन्स सेवा सुरु गर्न २८ जना कर्मचारीको दरबन्दी स्वीकृत भइसकेको जानकारी दिए ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस