राजविराज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय सत्ता गठबन्धन कायमै रहने बताएका छन् ।
पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जलि दिन मंगलबार सप्तरी आएका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै संघीय र प्रदेशसभाको निर्वाचनसम्म यही गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए ।
विज्ञापन
विज्ञापन
“उमेदवारका विषयमा गठबन्धनबीच छलफल भइरहेको छ”, उनले भने । उमेदवारको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा छलफल गरी टुङ्गो लगाइने उनकाे भनाइ छ ।
आफ्नो पार्टीबाट छिट्टै नै मन्त्री परिवर्तन हुने अध्यक्ष नेपालले बताए । रासस
फेसबुक प्रतिक्रियाहरु