बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • समाचार
  • भुसाललाई कारबाही सिफारिस गरेपछि भीम रावलको आपत्ति, ‘उल्टो बाटो हिँड्दा झन् पराजय हुनसक्छ’
समाचार

भुसाललाई कारबाही सिफारिस गरेपछि भीम रावलको आपत्ति, ‘उल्टो बाटो हिँड्दा झन् पराजय हुनसक्छ’

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमालेले पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाहीको लागि सिफारिस गरिएको प्रति आपत्ती जनाएका छन् ।

उनले कमजोरीको संस्थागत रूपमा गम्भीर समीक्षा गर्नुपर्नेमा पार्टी उल्टो बाटो हिँडेको समेत बताएका छन् ।

विज्ञापन

सोमवार बिहान सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्,‘कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ । यसो नगरी उल्टो बाटो हिँड्दा झन् पराजय हुनसक्छ ।

विज्ञापन

उनले देश,जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता, स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता भएको भन्दै यसका लागि आगामी चुनाव जित्नुपर्ने समेत जनाएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस