आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • ओलीको राजीनामा मागेका घनश्याम भुसालमाथि कारबाहीको तयारी
समाचार

ओलीको राजीनामा मागेका घनश्याम भुसालमाथि कारबाहीको तयारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका उक्त दलका एक नेतामाथि कारबाहीको तयारी भएको छ । एमालेभित्र विचारको नेताका रुपमा स्थापित घनश्याम भुसालमाथि कारबाहीको तयारी भएको हो ।

एमाले अनुशासन आयोगले कारबाहीको प्रक्रिया बढाएको हो । उनीमाथि सुरुमा स्पष्टिकरण सोध्ने तयारी भएको छ । स्पष्टिकरण सोधेपछि कस्तो कारबाही हुने टुंगो लाग्ने बुझिएको छ ।

विज्ञापन

भुसालले स्थानीय तहको चुनावमा एमालेको कमजोर प्रदर्शनमा ओलीलाई दोषी देखाएका छन् । उनले हिमालय टेलिभिजनमा अन्तवार्ता दिदै ओलीको राजीनामा मागेका थिए ।

विज्ञापन

पार्टी हितविपरित बोलेको भन्दै भुसाललाई कारबाहीको तयारी भएको छ । भुसाल ओलीका कटु आलोचक हुन् । एमालेभित्र भुसालका अलावा भीम रावललगायत ओलीविरोधी नेताहरुमाथि समेत कारबाहीको तयारी भएको बुझिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस