आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्छौ : उप-प्रमुख अधिकारी
समाचार

समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्छौ : उप-प्रमुख अधिकारी

भरतपुर । भरतपुर महानगरपालिका उप-प्रमुख चित्रसेन अधिकारीले समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

आज (शनिबार) जानकी टोल, जनजागरण टोल र शिबघाट टोलले भरतपुर ४ लंकुमा संयुक्त रुपमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रममा बोल्दै उप-प्रमुख अधिकारीले बिकास निर्माणको कामलाई हल्का रुपमा नलिन आग्रह गरे ।

विज्ञापन

उनले माहानगर बिकास र समृद्धिको बाटोमा अगाडि बढेकाेले हेलचक्र्याँई नगर्न पनि आग्रह गरे । उनले राधाकृष्ण पच्चाङ मन्दिरको सत्तलको पनि उद्घाटन गरेका थिए । कार्यक्रममा भरतपुर ४ का वडा अध्यक्ष अर्पण पोख्रेल, राधाकृष्ण पच्चाङ मन्दिर लकुका अध्यक्ष दुर्गादत्त खरेल, नेपाली कांग्रेस भरतपुर महानगरका प्रवक्ता इश्वर प्रभाकर श्रेष्ठ लगायतले बोलेका थिए ।

विज्ञापन

 

सात वटा विभिन्न बचत तथा ॠण सहकारी संस्थाहरुले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । भरतपुर २१ पार्वतीपुरमा संयुक्त रुपमा कार्यक्रम आयोजना गर्दै सात वटा संस्थाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।

 

प्रेरणा बचत तथा ॠण सहकारी संस्था, साना किसान महिला सहकारी संस्था, पञ्चशिल कृषि सहकारी संस्था, ॐ शिवालय कृषि सहकारी संस्था, कैलाश बचत तथा ॠण सहकारी संस्था, प्रयास बचत तथा ॠण सहकारी संस्था, पञ्चज्योती महिला बचत तथा ॠण सहकारी संस्थाले उनीहरुलाई सम्मान गरेको हो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस