काठमाडौं ।
काठमाडौं महानगरपालिका मेयर बालेन शाहले अध्ययनबिना साइकल लेन बनाउन नसकिने जनाएका छन । साइकल दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले काठमाडौंमा साइकल लेन सञ्चालन गर्नुअघि अध्ययन अनिवार्य भएको बताएका हुन् ।
विज्ञापन
विज्ञापन
‘जुन बाटोमा साइकल गुड्छ, त्यही बाटोमा गाडी हिडछ । मानिस दु’र्घ’टनामा पर्ने सम्भावना हुन्छ’, मेयर शाहले दरवारमार्गमा आयोजित एक कार्यक्रममा भने, ‘बाहिरतिर साइकल लेन छुट्टै हुन्छ, फुटपाथ जस्तै वार लगाएको हुन्छ अनि सुरक्षित महशुस हुन्छ । गाडीहरुको स्पिड बढी हुने भएकाले दु’र्घ’टनाको सम्भावना बढी हुन्छ । सुरक्षा पहिलो मुद्दा हुनुपर्छ ।’
उनका अनुसार हचुवाको भरमा साइकल लेन बनाउने भन्दापनि व्यवस्थित तरिकाले लेन निमार्ण गरिनुपर्छ ।
फेसबुक प्रतिक्रियाहरु