सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • नेपालका डाँडा आफैं टावर हुन्, ठूला टावर बनाउनुपर्दैनः माधव नेपाल
समाचार

नेपालका डाँडा आफैं टावर हुन्, ठूला टावर बनाउनुपर्दैनः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालका अग्ला डाँडामा कृत्रिम टावर नचाहिने बताएका छन्।

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संसदमा जारी छलफलमा सहभागी हुँदै नेपालले यस्तो बताएका हुन्।

विज्ञापन

नेपालमा ठूला ठूला टावर चाहिँदैन आफैं टावर हुन्। यहाँ गेटहरु बनाउन जरुरी छैन, उनले भने, नेताहरुपिच्छे जिल्ला जिल्लामा एयरपोर्ट बनाउनु आवश्यक छैन। खोलाको दुई दुई किलोमिटरमा पुल पनि चाहिदैन।

विज्ञापन

उनले काठमाडौंमा बालेन साह र धरानमा हर्कराज साम्पाङको सफलताको कुरा जनताको समस्यालाई हेर्ने र बुझ्ने कुराले सम्भव भएको पनि बताए।

नेपालले अहिलेकै गतिमा देशले प्रगति नगर्ने पनि बताए। यही प्रणालीमा चलिरहने हो भने देशले प्रगति गर्न सक्दैन, उनले भने, हामी परिवर्तन हुनैपर्छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले परराष्ट्र नीतिमा कुनै समस्या आउन नहुने बताए। हामीले कुनै शक्तिसँग झुक्नु जरुरी छैन, उनले भने, कुनै शक्तिसँग नेपालले निरीह भइरहनुपर्दैन।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस