आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • हामीलाई निजगढ विमानस्थल चाहिन्छ : बाबुराम भट्टराई
समाचार

हामीलाई निजगढ विमानस्थल चाहिन्छ : बाबुराम भट्टराई

काठमाण्डाै । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबने नेपालकाे विकासमा दूरगामी असर पर्ने टिप्पणी गर्नुभएकाे छ । निगजढ विमानस्थल बनाउने निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाले देशकाे विकासमा दूरगामी असर पार्ने उहाँले टिप्पणी गर्नुभएको हाे । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले याे विमानस्थलको विकल्प नरहेको तर्कसमेत गर्नुभयो ।

आज शुक्रवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले वीरगञ्जजस्तो देशको सबैभन्दा महत्त्वपूर्ण व्यापारिक नाकालाई काठमाण्डाैसँग जोड्ने सबैभन्दा भरपर्दो विमानस्थल निजगढ हुने भएकाले त्यसलाई रोक्दा नेपालको विकासमा दूरगामी असर पार्ने बताउनुभयो ।

विज्ञापन

भट्टराईले भन्नुभयो, ‘जेहोस् हामीलाई यो चाहिन्छ । काठमाण्डाैले त आन्तरिक पनि धान्न नसक्ने अवस्था आइसक्यो । विदेशीहरू आउने भनेको राजधानीमै हो । विमानस्थल हुँदा यातायात, सञ्चार र ढुवानीको निम्ति मद्दत पुग्छ । त्यसो हुनाले त्योभन्दा बाहेक अन्यत्र उपयुक्त ठाउँ छैन ।’

विज्ञापन

भट्टराईले नेपालको न्यायालय र प्रशासन संयन्त्र विकासमैत्री नभएको पनि दोहोर्‍याउनुभयाे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस