शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • समाचार
  • रेनु दाहालले लिइन् सपथ, बुधबार पदभार ग्रहण गर्ने
समाचार

रेनु दाहालले लिइन् सपथ, बुधबार पदभार ग्रहण गर्ने

चितवनको भरतपुरमा महानगरपालिकाको मेयर पदमा नवनिर्वाचित रेणु दाहालले सपथ लिएकी छन् । मंगलबार साँझ जिल्ला समन्वय समितिको सभाहलमा मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार अधिकारीले दाहाललाई सपथ गराएका हुन् ।

आफुले सपथ लिएलगत्तै मेयर दाहालले उपमेयर चित्रसेन अधिकारीसहित अन्य सदस्यहरुलाई सपथ ग्रहण गराएकी छन् । सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरमा रोजगारीका अवसर सृजना गर्ने र महानगरमा उद्योग ग्राम स्थापना गर्ने योजना सुनाइन् । उनले नारायणी पुल जिर्ण भएकाले त्यसको उचित विकल्प खोज्ने र नयाँ पुल निर्माणका लागि पहल गर्ने आफ्नो योजना रहेको बताइन् ।

विज्ञापन

मेयर दाहाल र उपमेयर अधिकारीले बुधबार बिहान ८ बजे पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस