आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • यो सरकार रहेसम्म मुलुकका लागि समयको बर्बादीबाहेक केही पनि होइन: भट्टराई
समाचार

यो सरकार रहेसम्म मुलुकका लागि समयको बर्बादीबाहेक केही पनि होइन: भट्टराई

काठमाडौँ । सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता योगेश भट्टराईले सपना र गन्तव्यविहीनको संज्ञा दिएका छन् । संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले नीति तथा कार्यक्रममा जनतालाई आशा जगाउन नसक्ने बताए ।

‘नीति तथा कार्यक्रम परम्परागत छ,’ उनले भने, ‘यसमा कुनै नयाँ कुरा, नयाँ सपना र यसमा देशवासीलाई र सिंगो मुलुकलाई अपिल कार्यक्रममा छैन । र, यसले कुनै उत्साह पनि दिएको छैन । यो सपनाविहीन, गन्तव्यविहीन छ ।’

विज्ञापन

भट्टराईले आसन्न आर्थिक संकटलाई सम्बोधन गर्ने गरी कुनै कार्यक्रम नआएको भन्दै यो सरकार रहेसम्म समयको बर्बादी मात्र हुने टिप्पणी गरे । उनले भने, ‘मुलुकमा ठूलो आर्थिक संकट छ, आउने बर्ष डरलाग्दो आर्थिक संकट सामना गनुपर्ने छ । यो सरकार जति समय बस्छ, त्यति समय मुलुकका लागि समयको बर्बादीबाहेक केही पनि होइन ।’

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस