आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • दुई दिने बिदा काम छैन, खारेज गर्नुपर्छ : सुरेन्द्र पाण्डे
समाचार

दुई दिने बिदा काम छैन, खारेज गर्नुपर्छ : सुरेन्द्र पाण्डे

एमाले नेता तथा सांसद सुरेन्द्र पाण्डेले सरकारले जेठदेखि दिन थालेको हप्ता २ दिने बिदा उपयुक्त नभएको भन्दै खारेज गर्नुपर्ने माग गरेका छन् ।

अर्थ समितिको मंगलवारको बैठकमा उनले मुख्य चाडमा बिदा दिने, निश्चित जाति विशेषले मागेको दिनुपर्ने, अन्य बिदा खारेज गर्नुपर्ने बताएका हुन् ।

विज्ञापन

‘उत्पादन बढी दिनुपर्ने देशमा बिदा बढी भो, यो आइतवार दिने बिदा हटाइनुपर्छ,’ उनले भने ।

विज्ञापन

वार्षिक कति बिदा दिने भन्ने पनि पुनरवलोकन गर्नुपर्ने उनको भनाइ छ ।

अर्का सांसद बिनोद चौधरीले पनि आइतवारको बिदा उपयुक्त नभएको बताए । ‘यो बिदाले कुनै उपलब्धि हुँदैन, नेपालको श्रम बजारमा असर गरेको छ,’ उनले भने, ‘बिदाले उत्पादन घट्छ, आइतवारको बिदा खारेज गर्नुपर्छ ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस