काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन्द्र साह उर्फ बालेन जित उन्मुख भइरहँदा उनको पुर्ख्यौली गाउँमा आफन्तजनसहित गाउँलेहरु निकै हौसिएका छन् । मधेस प्रदेशको महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नम्बर २ बालेन्द्र साहको पुर्ख्यौली थलो हो । अहिले बालेनको पुर्ख्यौली थलोमा उनका आफन्तजनसहित छरछिमेकीहरु काठमाडौं महानगर प्रमुखमा बालेनले फराकिलो अग्रता बनाइरहँदा खुसी छन् ।
विज्ञापन
बालेनको पुर्ख्यौली घरमा अहिले एकडारा गाउँपालिकाको कार्यालय स्थापना गरिएको छ । उनीहरु गाउँमा आउँदा आफन्तको घरमा बस्ने गर्दछन् । पहिलो पटक मधेसको एउटा ठिटो काठमाडौं महानगरपालिकाको प्रमुखमा दोब्बर मतले अगाडि रहँदा एकडाराका बासिन्दा गद्गद् छन् ।
विज्ञापन
बालेन निर्वाचित भएपछि उनलाई सम्मान र बधाई ज्ञापन गर्नकै लागि भए पनि यहाँका युवाहरु काठमाडौं जाने योजना बुनिरहेका छन् । बालेनका हजुरबुबा मुनिलाल साह यो गाउँका जमिनदार मानिन्थे । मुनिलालका छोरा डा.रामनारायण साह करिब चार दशक अघि नै काठमाडौंको सिंहदरबारस्थित आयूर्वेद औषधालयमा चिकित्सको रुपमा काम गर्न गएका थिए । त्यही बेलादेखि उनी काठमाडौंमा बसोबास गर्दै आएका छन् ।रातोपाटीबाट
फेसबुक प्रतिक्रियाहरु