मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • समाचार
  • भाईरल वडा अध्यक्षका उम्मेदवार १०० मतले विजयी
समाचार

भाईरल वडा अध्यक्षका उम्मेदवार १०० मतले विजयी

सिन्धुपाल्चोक । खुट्टामा पैसा राखेर ढोग्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर १० का कांग्रेसका वडाध्यक्षका उम्मेदवार अमृत खनाल विजयी हुनुभएको छ ।

उहाँले १ हजार ४८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी राप्रपाका टेकबहादुर तामाङले ९ सय ४८ मत ल्याउनुभएको छ ।
मेलम्ची नगरपालीका वडा नम्बर १० मा नेपाली कांग्रेस एक्लै र बाँकी चार दल एमाले, राप्रपा, माओवादी र समाजवादीबीच गठबन्धन भएको थियो ।

विज्ञापन

खनालले घरदैलो अभियानमा फुपूले टिका लगाएर आशिर्वाद दिएपछि गोडामा पैसा राखेर ढोगेको फोटो भाइरल भएको थियो । विपक्षीहरुले उम्मेदवारी नै खारेज गर्नुपर्छ भनेर निर्वाचन आयोगमा उजुरी दिएका थिए ।

विज्ञापन

चितबुझ्दो स्पष्टीकरण दिएपछि आयोगले उहाँलाई कारबाही नगरेको हो।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस