सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुरमा एमालेभित्रै अन्तर्घात ! रेनुले उठाउन सक्छिन् फाइदा
समाचार

भरतपुरमा एमालेभित्रै अन्तर्घात ! रेनुले उठाउन सक्छिन् फाइदा

चितवन । एक लाख २७ हजार बढी मत खसेको चितवनको भरतपुर महानगरपालिकामा अझै एक लाख बढी मत गन्न बाँकी छ । मेयरको दौडमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल, एमालेका विजय सुवेदी र स्वतन्त्रबाट जगन्नाथ पौडेल छन् ।

अहिलेसम्म चार वडाको नतिजा सार्वजनिक भएको छ । चारमध्ये तीन वडामा कांग्रेस र एकमा एमालेले जित निकालेको छ ।

विज्ञापन

एक लाख बढी मत गन्न बाँकी रहेकाले अन्तमा कसले बाजी मार्ला भन्न कठिन छ । तर, भरतपुरमा एमालेभित्रै अन्तर्घात भएको चर्चा छ । जसको कारण हो, वडाध्यक्षमा एमालेले पाएको मत मेयरमा एमाले उमेदवारले नपाउनु । एमाले वृत्तमा एमालेको मत रेनु दाहालले पाएको चर्चा पनि छ ।

विज्ञापन

 

यो समाचार तयार पार्दासम्म रेनु २०० बढी मतान्तरले अगाडि छिन् । उनलाई एमाले उमेदवार विजय सुवेदीले पछ्याइरहेका छन् ।

एमालेले भरतपुरमा राप्रपासँग चुनावी तालमेल गरेको थियो । जसअनुसार एमालेको मेयर र राप्रप्राको उपमेयर छन् ।

वडा नम्बर चारमा एमालेका मेयरले अग्रता लिने चर्चा थियो । तर, अन्तमा झिनो मतले भएपनि रेनुले बाजी मारिन् ।

वडा नम्बर ४ मा एमालेका वडाध्यक्षले एक हजार ६३३ र राप्रपाका उमेदवारले ८८० मत ल्याए । दुवैको मत जोड्दा यो मत संख्या दुई हजार ५१३ हुन्छ । तर, मेयरमा सुवेदीले यो वडामा एक हजार ७४५ मत मात्रै पाए भने उपमेयर राप्रपाकी हिमला गुरुङले १ हजार ५८२ मत ल्याइन् ।

अन्य वडामा पनि एमाले वडाध्यक्षले पाएको मत मेयरका उमेदवार सुवेदीले पाउन सकेका छैनन् । जसले एमाले वृत्तमा चिन्ता थपिरहेको छ ।

त्यसो त रेनु दाहालले पनि प्यानलको पूरै मत पाएकी छैनन् । तर, उनले नयाँ थपिएका मतदाता र एमालेभित्र रुष्ट मतदाताको मत पाएको चर्चा हुन थालेको छ ।

वडा नम्बर ४ मै गठबनधनबाट कांग्रेसका उमेदवार अर्पण पोखरेल दुई हजार ५०१ मत ल्याएर विजयी भएका थिए । तर, रेनुले एक हजार ८२४ मत मात्रै पाइन् । तर उपमेयरमा भने वडाध्यक्षकै हाराहारीमा मत गएको देखिन्छ ।

वडा नम्बर ४ मा कांग्रेसका बागी स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले एक हजार २१६ मत ल्याए । यहाँ सुवेदीले अहिलेसम्म एकै वडामा ल्याएको सर्वाधिक मत हो । पौडेलले कांग्रेसकै मत आफूतिर तानिरहेका छन् । उनले कांग्रेसको मत तानेको अवस्थामा रेनु निकै पछि पर्ने एमाले अनुमान थियो । तर, एमालेकै वडाध्यक्षले पाएको मत मेयरले नपाएपछि त्यो मत रेनुले पाएको चर्चा एमालेभित्र छ । ९ नम्बर वडासम्म सत्ता गठबन्धको प्रभाव राम्रो रहेको बताइन्छ । पौडेलले कति मत ल्याउँछन्, त्यहाँ सबैको नजर छ । सत्ता गठबन्धनका नेताहरूको बुझाइमा ९ नम्बर वडासम्म रेनुले राम्रो मत प्राप्त गर्न सक्छिन् ।

तर, एमालेको नजर भरतपुरको १०, ११ र १२ नम्बर वडामा छ । जहाँ कांग्रेस र माओवादीको अवस्था कमजोर रहेको बताइन्छ । तर ती वडामा पनि रेनुको हाराहारी मत पाए एमालेका लागि बाटो कठिन बन्दै जाने विश्लेषण गरिँदै आएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस