आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • रुकुम पश्चिमको सानीभेरी–१ मा माओवादीको प्यानल निर्वाचित
समाचार

रुकुम पश्चिमको सानीभेरी–१ मा माओवादीको प्यानल निर्वाचित

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् । उनले ५ सय ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गरे ।

त्यस्तै अध्यक्षमा नेकपा माओवादी केन्द्रका विर्खबहादुर विष्टले ५ सय ४७ मत सहित अग्रता कायम गरेका छन् । उनका प्रतिस्पर्धी कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका गोरखप्रसाद चन्दले २ सय ८० मत ल्याएका छन् ।

विज्ञापन

 

विज्ञापन

उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रकै कमला रोका पुनको अग्रता छ । उपाध्यक्षमा पुनले ५ सय ४७ मत ल्याउँदा कांग्रेस–एमाले गठबन्धनबाट एमालेका प्रकाश खड्काले १ सय ५७ मत ल्याएका छन् ।

मुसिकोट नगरपालिकामा पनि मतगणना सुरु भएको छ । अन्य ४ वटा स्थानीय तहमा भने मत गणना सुरु हुन सकेको छैन ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस