मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • समाचार
  • एमालेको शक्तिबाट डराएर पाँचदलीय गठबन्धन बनेको ओलीको दाबी
समाचार

एमालेको शक्तिबाट डराएर पाँचदलीय गठबन्धन बनेको ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न कसैले नचिताए हुने बताएका छन् ।

 

विज्ञापन

धनगढीमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेसँग एक्लै भिड्न कसैको सामर्थ्य नरहेको दाबी गरेका हुन् ।

विज्ञापन

एमालेको शक्ति देखेर डराएर पाँचदलीय गठबन्धन बनेको दाबी गर्दै उनले भने, ‘आगामी निर्वाचनमा गठबन्धनको हाल बेहाल हुन्छ, पत्तासाप हुन्छ, एक दलले अर्को दललाई आरोप लगाउँछन् अनि गठबन्धन खत्तम हुन्छ।’

उनले विश्वमा कहीँ पनि परमादेशको सरकार नबनेको, तर नेपालमा जाल, झेल र षड्यन्त्र गरी परमादेशबाट सरकार बनेको उनले बताए ।

 

त्यसको बदला वैशाख ३० गते हुने निर्वाचनमा एमालेका पक्षमा मतदान गरेर दिन उनले कार्यकर्तालाई आग्रह गरे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस