सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • गायक स्वप्न सुमनले गरे बिहे
समाचार

गायक स्वप्न सुमनले गरे बिहे

गायक स्वप्न सुमनले यही बिहे गरेका छन्। उनले गत बुधबार अभिनेत्री ज्योत्सना योगीसँग बिहे गरेका हुन्।

उनीहरूले सानो पारिवरिक जमघटबीच बिहे गरेका जनाइएको छ।

विज्ञापन

विशेषगरी युवामाझ लोकप्रिय गायक स्वप्न सुमनका ‘कसरी भनुँ’, ‘म तिम्रो’, ‘याद म राख्नेछु’ लगायत गीत चर्चित छन्।

विज्ञापन

२७ वर्षीय स्वप्न सुमनले आफ्नो सांगीतिक करिअर युट्युबबाट सुरू गरेका थिए। सन् २०१२ देखि युट्युबमा आफूले गाएको भिडिओ हाल्थे। सन् २०१४ मा उनको पहिलो गीत ‘के साह्रो राम्री भको’ सार्वजनिक भएको थियो।

त्यस्तै २८ वर्षीया ज्योत्सना योगी म्युजिक भिडिओहरूमा अभिनय गर्छिन्। गायक नितेशजंग कुँवरको ‘फ्लर्टी माया’ जस्ता म्युजिक भिडिओ र थुप्रै विज्ञापनहरूमा उनले अभिनय गरिसकेकी छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस