सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा प्रचण्डले भने : कांग्रेसकाे मत माओवादीलाई नआएपछि बाध्य भएर एमालेसँग गठबन्धन गरेँ
समाचार

चितवनमा प्रचण्डले भने : कांग्रेसकाे मत माओवादीलाई नआएपछि बाध्य भएर एमालेसँग गठबन्धन गरेँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर महानगरमा सत्ता गठबन्धनका साझा उम्मेदवारलाई जिताए नेपाली कांग्रेससँग लामो समयसम्म सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन्।

पाँच दलीय सत्ता गठबन्धनको भरतपुरमा जारी चुनावी सभा सम्बोधन गर्दै उनले सत्ता गठबन्धनका साझा उम्मेदवारलाई जिताए नेपाली कांग्रेससँग लामो समयसम्म सहकार्य गर्ने प्रतिवद्धता जनाएका हुन्।

विज्ञापन

‘भरतपुरमा रेनु दाहाल र चित्रसेन अधिकारीलाई जिताउनुभयो भने यो गठबन्धनलाई १०–१५ वर्ष लाने मेरो प्रतिवद्धता भयो,’ अध्यक्ष प्रचण्डले भने।

विज्ञापन

यसअघि चुनावी सभालाई सम्बोधनका क्रममा कांग्रेस चितवनका नेताहरुले उनलाई २०७४ मा जस्तै जितिसकेपछि नेकपा एमालेसँग मिलेर आफूहरुलाई धोका नदिन आग्रह गरेका थिए।

सभा सम्बोधनका क्रममा कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले विगतमा जस्तो गठबन्धनको नाममा धोका दिए ढाँट्ने काम नगर्न माओवादीलाई चेतावनी दिएका थिए।

‘मैले विनम्रतापूर्वक आदरणीय पुष्पकमल दाहाल प्रचण्डलाई भन्नैपर्छ, हाम्रो पार्टीको सोझो सभापति जे बोल्नुहुन्छ, त्यही गर्नुहुन्छ,’ श्रेष्ठले भनेका थिए, ‘भोलिका दिनमा चुनाव जितिसकेपछि हिजोको जस्तो धोका दिएर ढाँट्ने काम नहोस्।’

अध्यक्ष प्रचण्डले २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसको मत माओवादीलाई नपरेपछि आफूले बाध्य भएर एमालेसँग प्रदशेसभा र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गरेको बताए।

‘शेरबहादुरजी र मेरो बीचमा गठबन्धन १०–१५ वर्षसम्मै लैजाने छलफल भएको थियो। सहज देखिएन। सहज नदेखिएको चितवन पनि हो। त्यसले बडो चिन्तित तुल्यायो,’ उनले भने, ‘लुकाएर छिपाएर ढाँटेर गएको होइन। भोट ट्रान्सफर भएन। चितवनका जनताले भोट हाल्न साह्रै गाह्रो माने भनेर शेरबहादुरजीलाई भनेरै अर्को गठबन्धनमा गएको हुँ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस