सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • राजनेता भएर होइन, जनताको सच्चा सेवक भएर काम गर्न राजनीतिमा आएको हुँ : स्वेता खड्का
मनोरञ्जन

राजनेता भएर होइन, जनताको सच्चा सेवक भएर काम गर्न राजनीतिमा आएको हुँ : स्वेता खड्का

काठमाडौ   । चर्चित अभिनेत्री स्वेता खड्काले आफुलाई राजनेता भएर होइन जनताको सच्चा सेवक भएर काम गर्न मन लागेको बताएकी छन् ।

मंगलबार बालुवाटार आयोजित एक कार्यक्रममा नेपाली कांग्रेस प्रवेश गरेकी अभिनेत्री स्वेताले बच्चादेखि नै आफु कांग्रेसको महोलमा हुर्किएकोले पनि कांग्रेस रोजेको बताए की छन् ।

विज्ञापन

एक अन्तवार्ता कार्यक्रममा स्वेताले कलाकारलाई राजनीतिको ज्ञान हुनुपर्ने आवश्यकता रहेको भन्दै आफु स्वार्थ र पोजिसनको लागि राजनीतिमा नआएको दावी समेत गरेकी छन् । स्वेतासँगै आज अभिनेता भुवन केसी र रविन्द्र खड्काले पनि पार्टी प्रवेश गरेका छन् ।

विज्ञापन

सबैलाई पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका थिए ।

‘म स्वार्थको लागि र कुनै पोजिसन होल्ड गर्नको लागि आएकै होइन । जनताको लागि काम गर्न प्रवेश गरेकी हुँ । मेरो बिजनेस पनि निरन्तर हुन्छ । सामाजिक र फिल्मको काम पनि निरन्तर हुन्छ । राजनीतिमा आएर हामी हरेक क्षेत्रमा बोल्न र ल’ड्न सक्छौं भने म राजनीतिलाई नै निरन्तरता दिन्छु । ‘ उनले भनेकी छन् ।

साथै उनले देउवालाई उनले आदर्श नेताको रुपमा लिने पनि बताएकी छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस