शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • समाचार
  • गठबन्धन महानगरका उम्मेदवारलाई सुकुम्बासीको चिन्ता
समाचार

गठबन्धन महानगरका उम्मेदवारलाई सुकुम्बासीको चिन्ता

चितवन।

भरतपुर महानगरपालिकामा वडा नम्बर २४ मा रहेका सुकुम्बासीहरुले आफुहरुको स्थायी बसोबासका लागि आग्रह गरेका छन् । आज आयोजित घरदैलो तथा चुनाबी सभा कार्यक्रममा उनीहरु सत्ता गठवन्धनका तर्फबाट प्रमुख र उपप्रमुखको उम्मेदवार बनेका उम्मेदवारहरुलाई आँफुहरुको समस्या समाधान गरिदिन आग्रह गरेका हुन ।

विज्ञापन

स्थानीय मन्दीरा परियारले लामो समय देखि आँफुहरु सुकुम्बासीको रुपमा रहेको बताउँदै अब आँफुहरुले जग्गा धनिपुर्जा पाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “कहिले सम्म हामी सुकुम्बासी हुने ।” सुकुम्बासी आयोगको नाममा भएको नापचाँज पछि पुर्जा पाउने आसमा रहेका उनीहरुले अहिले सत्ता गठवन्धनलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । उहाँले थप्नुभयो “स्थानीय सरकार र संघिय सरकार आए पछि हाम्रो कुराको सुनुवाई पछिल्लो सरकारले गरेको हो । अब आशा छ जग्गा पनि चाँडैं पाईन्छ ।” केपि ओलीको नेतृत्वमा रहेको सरकारले बनाएको आयोगले काम गर्न नसक्दा आँफुहलाई पिडा भएको थियो उहाँले गुनासो पोख्नु भयो ।

विज्ञापन

यस्तै अर्की मनु बारघरे मगर लामो समय देखि जग्गा धनि पुर्जा बिना बस्दै आउनु भएको छ । उहाँले चाँडो पुर्जा बितरणको पहल गर्न समेत माग गर्नुभयो । उहाँले भन्नुभयो “आँपटारीका जग्गा धनिले त पुर्जा पाए हामीले कहिले पाउँछौ ।” जनता अहिलेको सत्ता गठवन्धन संग आसाबादी रहेको उहाँको भनाई थियो ।

सो अबसरमा बोल्दै महानगर प्रमुख र उपप्रमुखका प्रत्यासी रेनु दाहाल र चित्रसेन अधिकारीले स्थानीय, संघिय र प्रादेशीक निर्वाचनमा सत्ता गठवन्धनलाई बिजयी गराए आयोगले पुर्जाको कामलाई तत्काल सक्ने बताउनुभयो । सरकार फेर वदल हुँदा आयोगको नेतृत्व समेत फेरबदल हुने भन्दै अहिलेको गठवन्धनलाई निरन्तरता दिन सकेमा मात्रै चाँडो समस्या समाधान हुने बताउनुभयो । महानगर प्रमुखका प्रत्यासी रेनु दाहालले सुकुम्बासीहरुको समस्या समाधानका लागि पहल भई सकेको बताउनुभयो । उहाँले भन्नुभयो “सुकुम्बासीहरुको समस्या आगामी कार्याकालमा पूर्ण रुपमा समाधान हुन्छ ।” महानगर उपप्रमुखका उम्मेदवार अधिकारीले समाज परिवर्तनका लागि सुकुम्बासी समसया समाधान गर्न आबश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो “समाजको बिकास मानब बिकासबाट सुरु हुन्छ ।” जवसम्म नेपालमा सुकुम्बासी समस्या समाधान हुँदैन तव सम्म नेपाली समाज पछि पर्ने उहाँको भनाई थियो ।

नेपाली काँग्रेस भरतपुर महानगरपालिका वडा नम्बर २४ का वडा सभापति शशि न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुकुम्बासी बस्तिबाट सत्ता गठवन्धनका उम्मेदवारहरुलाई भव्य स्वागत गरिएको थियो । यस्तै सत्ता गठवन्धनले आज भरतपुर महानगरपालिका वडा नम्बर २२, २५, १८ मा घरदैलो तथा कोणसभा सम्पन्न गरेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस