आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • एमाले अवसरवादीहरुकाे झुन्ड : विमलेन्द्र निधि
समाचार

एमाले अवसरवादीहरुकाे झुन्ड : विमलेन्द्र निधि

नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले नेकपा एमाले भनेको अवसरवादीहररूको जमात भएको आरोप लगाएका छन्।

 

विज्ञापन

नेपाली कांग्रेस रंगेली नगरपालिकाद्वारा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता निधिले एमाले जस्तो अवसरवादी दललाई भोट दिएर जिताएमा भोलिका दिनमा पछुताउनु पर्ने बताए।

विज्ञापन

हिजो संघीय निर्वाचनमा पार्टी एकीकरण गरेर करिब दुई तिहाई मत पाएको एमाले जेटरुपी सरकारमा दुईजना पाइलट चाहिएको भनेर दाबी गरे पनि अन्ततः एकजना पाइलट जहाज छाडेर बाहिर निस्कनु परेपछि सरकार चलाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको स्मरण गराए।

जनमतको कदर गर्न नसक्ने र जनभावनामा विश्वास नगर्ने एमालेलाई जनताले राम्रोसँग चिनेको भन्दै उनले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जनताले एमालेलाई धुलो चटाइदिने निधिले विश्वास व्यक्त गरे।

 

सरकार संचालन गरेको तीन वर्षमा एमालेले अदालत, संसद, सरकार, संवैधानिक आयोग र लोकतान्त्रिक संस्थाहरुलाई क्षतविक्षत पारेको निधिले आरोप लगाए।

निर्वाचन, संघीयता, लोकतन्त्र र जनमतमा विश्वास नगर्ने एमालेभित्र जिल्ला तहमा पनि अवसरवादीहरुको बाहुल्यता भएको निधिको भनाइ थियो। रंगेलीमा कांग्रेससँगको प्रतिस्पर्धामा उत्रिएका उम्मेदवार पटक पटक दलबदल गरेर पछिल्लो समय स्वार्थका लागि एमालेमा गएको भन्दै त्यस्ता अवसरवादीलाई मत दिने कि कांग्रेस जस्तो लोकतन्त्र, संविधान र परिवर्तनको पक्षमा अडिग भएको पार्टीलाई मत दिएर प्राप्त उपलब्धिको रक्षा गर्ने भनी निधिले प्रश्न गरे।

संविधान कार्यान्वयन गर्न नसक्ने एमाले जस्तो पार्टीलाई नेता मानेको उम्मेदवारले कसरी रंगेलीवासीको पक्षमा काम गर्न सक्छ भन्ने प्रश्न गर्दै निधिले जनताको पक्षमा काम गर्ने कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार मोदराज घिमिरे नेतृत्वको टिमलाई विजयी गराउन उनले मतदाताहरुलाई आग्रह गरे।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, कांग्रेस नेतृ प्रमिला गच्छदार, मेयर पदका उम्मेदवार मोदराज घिमिरे लगायतका वक्ताहरुले लोकतान्त्रिक संविधान कार्यान्वयनका लागि कांग्रेसको रुख चिन्हमा मतदान गर्न आह्वान गरेका थिए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस