आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • विश्वासकाे मत जित्नेमा ढुक्क छु : रेनु दाहाल
समाचार

विश्वासकाे मत जित्नेमा ढुक्क छु : रेनु दाहाल

भरतपुर ।
आशन्न स्थानीय तहकाे निर्वाचनमा गठबन्धनकाे तर्फबाट भरतपुर महानगरकाे प्रमुख पदका उम्मेदवार रेनु दाहालले राजनीति नै आफ्नाे विश्वविद्यालय भएकाे बताएकी छिन् । भरतपुर महानगरका मारवाडी समुदायसँगकाे अन्तरक्रियाका क्रममा उनले राजनीतिमा निरन्तरताले नै आफ्नाे काम गर्ने तरिकामा निखार आएकाे बताईन् ।
‘मैले औपचारिक शिक्षाकाे लागि विश्वविद्यालय त टेकिन, पठनपाठनकाे हिसावले पक्कै पछि छु´ दाहालले भनिन्- `तर म २७ वर्षदेखि राजनीतिमा अहाेरात्र छु, यही मेराे सिकाईकाे विश्वविद्यालय हाे ।’

मारवाडी समुदायका युवाले उनकाे नेतृत्व र भिजनबारे राखेकाे प्रश्नमा उनले समाज परिवर्तन नै मुख्य सपना रहेकाले साेही अनुसार काम गरेकाे बताईन् । साे क्रममा मारवाडी समुदायका युवाले आफ्नाे समुदायकाे विशेषता र विज्ञतालाई महानगरकाे विकास निर्माणमा उपयाेग गर्न सुझाएका थिए । उनले महानगरमा पुनः नेतृत्व गर्ने अवसर पाएकाे खण्डमा विषय विज्ञका रुपमा समुदायका विज्ञहरुलाई समेट्ने बताईन् । जानाजान कसैलाई छाेडेकाे हाेईन, तर ख्याल राखेर समेट्न याे सुझाव मनन् गर्नेछु ,’ उनले भनिन् ।

विज्ञापन

आफूले गर्न चाहेका विकास निर्माणका याेजना याे पाँच वर्षमा सुरुआत मात्र गर्न सकिएकाले पूर्णता दिन अरू एक कार्यकाल दाेहाेर्‍याउन अवसर दिन उनले आग्रह गरिन् ।
‘गठवन्धनकाे तर्फबाट प्रमुख र उपप्रमुख दुबै उम्मेदवार महानगरवासीबाट टेस्टेड एण्ड भेरिफाईड छाैँ´, उनले भनिन् – `सिस्टम बुझेकाले पनि द्रुत काम गर्न हामी सक्षम हुनेछाै ।’ पाँच वर्षमा सबै वाचा पूरा गर्न समय अभाव भएकाे उनले दावी गरिन् । पाँच वर्षकाे कामकाे मुल्याङकनकाे आधारमा विश्वासकाे मत जित्ने उनले बताईन् ।

विज्ञापन

 

अन्तरक्रियामा उपप्रमुख पदका उम्मेदवार चित्रसेन अधिकारीले महानगरकाे समग्र विकासकाे लागि बनेका याेजनाका खाकालाई पूर्णता दिन याे नेतृत्वकाे निरन्तरताकाे खाँचाे रहेकाे बताए । `हामी दुबैले यहाँकाे भुगाेल चिनेका छाैं,’ अधिकारीले भने – ‘हामीलाई अब ज्ञात भईसकेकाे छ, कहाँ कस्ताे माेडेलमा काम गरे छिटै सम्पन्न हुन्छ ।’

कार्यक्रममा बाेल्नेहरुले मारवाडीहरुलाई माडेकाे ट्याग लगाएर आवश्यकता भन्दा बढी रकम अशुल्ने गरेकाे भन्दै सुधारकाे माग राखे । यस्तै मारवाडी महिला मञ्च चितवनकाे तर्फबाट बाेल्दै अध्यक्ष सिरु सरवागीले
महानगरभित्र महिलाकाे नाममा सञ्चालनमा रहेका व्यवसायमा कर छुटकाे माग राखेकी थिईन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस