सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • कलाकार किरण केसीलाई कांग्रेस र एमालेबाट आएको थियो अफर !
समाचार

कलाकार किरण केसीलाई कांग्रेस र एमालेबाट आएको थियो अफर !

काठमाडौं । नेपाली कलाकार किरण केसीले आफूलाई कांग्रेस र एमालेबाट पदका लागि अफर आएको बताएका छन् ।बाह्रखरीसँगको कुराकानीमा उनले ९ वर्ष अगाडि कांग्रेस र एमालेबाट केन्द्रीयस्तरको अफर आएको बताएका हुन् ।

उनी समाजसेवामा पनि सक्रिय छन् । ‘समाजसेवामार्फत राजनीतिको वातावरण बनाइरहेको हो ?’ भन्ने प्रश्ननमा उलने समाजसेवाका लागि राजनीतिमा प्रवेश गर्न आवश्यक नभएको बताए ।

विज्ञापन

 

विज्ञापन

“राजनीतिमा प्रवेश गर्नका लागि मैले समाजसेवा गर्नै पर्दैन । आजभन्दा ८,९ वर्ष अगाडि मलाई नेपाली कांग्रेस, एमालेबाट केन्द्रीय स्तरको एउटा गरिमामय पदका लागि अफर आएको थियो,” उनले भने ।

तर, आफूले उनीहरूको अफर अस्विकार गरेको उनको भनाइ छ ।

“मलाई यो क्षेत्र (मनोरञ्जन)मा दखल छ, त्यसैले म यही क्षेत्रमा काम गर्न चाहन्छु । मलाई नयाँ पिँढीका लागि अभिनय कसरी गर्थें, मेरो यस क्षेत्रमा अनुभव यस यावत कुरामा कक्षा दिन कार्यशाला खोलिदिए हुन्छ म गर्न तयार छु ।”

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस