शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • समाचार
  • सामाजिक अभियान्ता अर्जुन भुसालले माडीको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने
समाचार

सामाजिक अभियान्ता अर्जुन भुसालले माडीको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने

चितवन ।

चितवनका चर्चित सामाजिक अभियान्ता अर्जुन भुसालले माडी नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिने भएका छन् । उनले आइतबार फेसबुक मार्फत मेयर पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । विभिन्न संघसंस्थामा आबद्ध भएर उनले सामाजिक काम गर्दै आइरहेका छन् । उनले गरिब तथा विपन्नको उद्धार र राहत वितरणमा उल्लेख्य योगदान पु¥याएका छन् ।

विज्ञापन

 

विज्ञापन

 

 

माडी नगरपालिका–४ का स्थिाई बासिन्दा भुसालले युवाहरु नेतृत्वमा आउनुपर्ने मान्यताका साथ आफुले नगरप्रमुखमा उम्मेदवारी दिन लागेको  बताए । उनले भने,‘माडी आफै सुन्दर नगरपालिका हो,यसलाई थप सुन्दर र विकसित बनाउन उम्मेदवारी दिने निर्णय गरेको छु ।’ उनले सबै युवाहरुको साथ लिएर अगाडी बढ्ने भन्दै सम्पूर्ण माडीबासीको माया र सद्भाव आफुले पाउने विश्वास व्यक्त गरे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस