स्लामावाद ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) का ४९ वर्षीय नेता तथा सांसद आमिर लियाकत हुसैन आजकाल निकै चर्चामा छन् ।
विज्ञापन
लियाकत हुसैनले ट्वीटरमा आफूले १८ वर्षीया सैयदा दानियासँग विवाह गरेको जानकारी दिएका छन्। यो उनको तेस्रो विवाह हो। दुवैको उमेरमा करिब ३१ वर्षको अन्तर छ ।
विज्ञापन
लियाकत हुसैनले ट्वीट गरेको ठीक एक दिन अघि, उनकी दोस्रो पत्नी सैयदा टुबा अनवरले एक इन्स्टाग्राम पोस्टमा सम्बन्ध विच्छेदको जानकारी दिएकी थिइन्।
उनले लेखेकी छिन्, ‘भारी मनले म मेरो जीवनमा आएको परिवर्तनको बारेमा मानिसहरूलाई जानकारी गराउन चाहन्छु। मेरो परिवार र नजिकका साथीहरूलाई थाहा छ कि १४ महिना हामी अलग भएपछि स्पष्ट भयो कि साथ हुने कुनै आशा छैन। मैले छुट्टिने विकल्प रोज्नु पर्यो।’
टुबा अनवरले यो पोस्टमा लेखेकी छन्, ‘यो कति गाह्रो थियो, म बताउन सक्दिनँ। म सबैलाई यो कठिन समयमा मेरो निर्णयको सम्मान गर्न अपील गर्दछु।’
पेशाले टिभी प्रस्तोता २८ वर्षीया टुबा अनवर र लियाकत हुसैनले २०१८ मा विवाह गरेका थिए । त्यसबेला लियाकत हुसैनकी पहिलो श्रीमतीले फोनमा आफूसँग सम्बन्धविच्छेद भएको दाबी गरेकी थिइन् ।
लियाकत हुसेनले दक्षिण पञ्जाबको लोधरानमा बस्ने सादत परिवारकी १८ वर्षकी सैयदा दानिया शाहसँग विवाह गरेको बताए । लियाकत हुसेनले आफ्ना शुभचिन्तकहरूलाई प्रार्थानाका लागि अपील गरे।
सामान्यतया श्रीमान् र श्रीमतीबीच ३१ वर्षको उमेरको अन्तर असाधारण हुन्छ । पाकिस्तानको कानुनले १८ वर्षको उमेरमा विवाह गर्न अनुमति दिएको छ ।
हुसैनको विवाहको बारेमा मानिसहरुले सामाजिक सञ्जालमा विभिन्न खाले आलोचना गरिरहेका छन्। कानूनले दिए पनि उमेर अन्तर यति धेरै हुनु गलत भएको मानिसहरुको भनाइ छ। बीबीसी हिन्दीबाट।
फेसबुक प्रतिक्रियाहरु