काठमाडौं। भागवत गीता छोएर भनेका थिए कि कसम खान्छु कि राप्रपालाई कदापि फुट्न दिनेछैन । तर, उनले राप्रपा छाडेको घोषणा गरे । निर्मल निवासप्रति आक्रोश पोखे ।
पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाको महाधिवेशनमा आफूलाई अध्यक्षमा हराएको कमल थापाको आरोप छ । उनले हिमानी शाहप्रति पनि आक्रोश पोखे । योसँगै ज्ञानेन्द्र शाहको परिवारसँग सम्बन्ध तोडेका छन् ।
विज्ञापन
कमल थापाले राजसंस्था र हिन्दूराष्ट्रको मुद्दा भने नछाड्ने भएका छन् । तर, उनले ज्ञानेन्द्र शाहलाई राजा बनाउन नलाग्ने निर्णयमा पुगेको बुझिएको छ ।
विज्ञापन
थापाले राजसंस्था फर्काउन नयाँ अस्त्र तयार गरेको बुझिएको छ । उनको ध्यान दिवंगत राजा वीरेन्द्र शाहकी नातिनीहरुमा गएको छ । वीरेन्द्रको वंशमध्ये नातिनीहरु गिर्वाणी र सुरांगना राणा अध्ययनका सिलसिलामा विदेशमा छन् । उनीहरु वीरेन्द्रकी छोरी श्रुतीकी छोरीहरु हुन् । गोरख शमशेरसँग श्रुतीको विवाह भएको थियो ।
दरबार हत्याकाण्डमा श्रुतीको पनि मृत्यु भएको थियो । गोरखको भने हातमा गम्भीर चोट लाग्यो । उनी बाँच्न सफल भए ।
वीरेन्द्रको परिवारप्रति धेरै सर्वसाधारणको सम्मान रहने गरेको छ । यसलाई बुझेका कमल थापाले नयाँ अस्त्र तयार गरेको बुझिएको छ । उनले गिर्वाणी या सुरांगनालाई रानी बनाउने मुद्दासहित राजसंस्था र हिन्दूराष्ट्रको एजेन्डा उठाउनेबारे परामर्श गरिसकेको विश्वस्त स्रोतले बताएको छ ।
वीरेन्द्रको नातिनीहरुप्रति नागरिकको सेन्टिमेन्ट अझै देखिएको छ । त्यतिबेला पनि उनीहरु राजगद्दीको उत्तराधिकारी हुने चर्चा चलेको थियो । तर, राजगद्दीमा छोरीको उत्तराधिकारी नहुने व्यवस्था थियो । त्यसमाथि वीरेन्द्रको छोरी श्रुतीतर्फका छोरीहरु थिए गिर्वाणी र सुरांगना । वीरेन्द्रपछि राजगद्दीमा उत्तराधिकारी दीपेन्द्र र त्यसपछि निराजन थिए । दुवैको दरबार हत्याकाण्डमा निधनपछि तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र उत्तराधिकारी बने । उनी राजा भएका थिए ।
वीरेन्द्रको परिवारप्रति धेरै सर्वसाधारणको सम्मान रहने गरेको बुझेका कमल थापाले नयाँ अस्त्र तयार गरेको बुझिएको छ । उनले गिर्वाणी या सुरांगनालाई रानी बनाउने मुद्दासहित राजसंस्था र हिन्दूराष्ट्रको एजेन्डा उठाउनेबारे परामर्श गरिसकेको विश्वस्त स्रोतले बताएको छ ।
फेसबुक प्रतिक्रियाहरु