सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • अर्थ
  • निफ्राका लगानीकर्ताहरुलाई ठूलाे खुसीकाे खबर, लगानीकर्ता भए उत्साहित
अर्थ

निफ्राका लगानीकर्ताहरुलाई ठूलाे खुसीकाे खबर, लगानीकर्ता भए उत्साहित

सबै भन्दा ठूलो आइपीओ निष्कासन गरेको नेपाली पूर्वाधार विकास बैंकले फेरि नयाँ प्रोजेक्टमा लगानी गर्ने भएको छ । यसले आईपीओमा नयाँ टर्निङ नै ल्याईदिएकाे थियाे ।

बैंकले पाँचखालमा स्मार्ट सिटी निर्माण गर्ने भएको छ । त्यसका लागि नगरसँग सम्झौता गरेको काठमाडौँस्थित इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा)ले अमेरिकाको जेएलएल नामक संस्थालाई बजार अध्ययन गर्न लगाउने भएको हो ।

विज्ञापन

सार्वजनिक–निजी साझेदारीमा परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो । नगरप्रमुख महेश खरेल र बैंकका कार्यकारी अधिकृत रामकृष्ण खतिवडाद्वारा हस्ताक्षरित सम्झौतामा स्मार्ट सिटीका लागि व्यवस्थित गर्नुपर्ने र पूर्वाधारलगायत निजी–साझेदारी माध्यमबाट नगरलाई स्मार्ट बनाउने विषयमा सात बुँदे सम्झौता गरिएको थियो ।

विज्ञापन

करिब चार हजार ५०० रोपनी क्षेत्रफलमा निर्माण गरिने स्मार्ट सिटीका लागि पूर्वाधार निर्माणार्थ करिब २ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

बैंकका कार्यकारी अधिकृत खतिवडाका अनुसार निफ्राले आफ्नो सञ्चालक समितिको स्वीकृतिमा जेएलएल संस्थालाई बजार अध्ययनको जिम्मा दिने भएको छ ।

निफ्राले जेएलएलको प्रतिवेदनपछि स्मार्ट सिटीको थप विस्तृत अध्ययनको काम अघि बढाइने जनाएको छ । जेएलएलले करिब दुई महिना अध्ययन गर्नेछ ।

निफ्राले स्मार्ट सिटीको विकासका लागि स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय जनता तथा सरोकारवालासँग छलफलसमेत गरेको जनाइएको छ‘ल्याण्ड पुलिङ मोडल’मा विकसित हुने स्मार्ट सिटीका लागि नगरले प्रशासनिक र जमिन व्यवस्थापनको काममा सघाउने तथा पूर्वाधार निर्माणको खर्च निफ्रा र उसका साझेदार संस्थाले गर्ने नगरप्रमुख महेश खरेलले बताए ।

उनका अनुसार निफ्राले त्यस कार्यका लागि विदेशी तथा स्वदेशी निर्माण कम्पनीसँग साझेदारी गर्दै प्रक्रियालाई निरन्तरता दिनेछ । विकसित मुलुकमा स्मार्ट सिटीलाई सूचना प्रविधिसँग जोडिएको हरित सहरका रूपमा बुझिन्छ ।

नेपालको हकमा भने एउटा सहरमा हुनुपर्ने आधारभूत सबै प्रकारका सुविधा भएको पूर्वाधारयुक्त सहरका रुपमा लिइन्छ । उद्यमशीलताको विकास एवं प्रबद्र्धन गर्न नगरपालिकाले अन्य वित्तीय संस्थासँग सम्झौता गरिरहेको छ ।

उद्यम गर्न चाहने स्थानीयवासीका लागि नगरको सिफारिसमा सहजरुपमा सरल कर्जा उपलब्ध गराउने उद्देश्यले गत भदौमा नवील बैंकसँग पनि सम्झौतापत्रमा दुई पक्षबीच हस्ताक्षर भएको थियो ।

नगरलाई ‘कृषि सहर’का रुपमा विकसित गर्न विभिन्न गतिविधि अघि पनि बढाइएको छ । यसका लागि नगरले विभिन्न शीर्षकमा अनुदान तथा औँजार प्रदान गर्दै आएको छ ।

विसं २०७१ मा साविक पाँच गाविस जोडेर पाँचखाल नगरपालिका बनाइएकामा तीन वर्षअघि पनि दुई गाविस थपेर अझ वृहत बनाइएको थियो ।

तेह्र वडामा विभाजित नगरपालिकाको कूल क्षेत्रफल १०३ वर्ग किलोमिटर रहेको र त्यसभित्र हाल ३५ हजार ९९२ नागरिकको बसोबास रहेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस