सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • स्थानीय निर्वाचन वैशाख ३० गते गर्ने मन्त्रिपरिषदको निर्णय
समाचार

स्थानीय निर्वाचन वैशाख ३० गते गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बैशाख ३० गते निर्वान गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीले  दिएको जानकारी अनुसार सरकारले २०७९ वैशाख ३० गते एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

विज्ञापन

निर्वाचन आयोगको परामर्शमा जेठ ४ गतेका लागि स्थानीय तहको चुनाव घोषणा गरिन लागेको चर्चा भए पनि मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते चुनाव गर्ने निर्णय गरेको छ ।

विज्ञापन

जेठ ५ गते अहिलेका स्थानीय तहका पदाधिकारीको पाँच वर्षे कार्यकाल सकिने भएकाले त्यसअगावै निर्वाचन गर्न आयोगले प्रस्ताव गरेको थियो ।

चौतर्फी दबाबपछि सरकारले स्थानीय तहको चुनाव घोषणा गरेको हो । सरकारले एक सय दिनको समय राखेर चुनावको मिति घोषणा गरेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस