काठमाडौं।
नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको घोर अपमान गरेको आरोप लगाएका छन् ।
विज्ञापन
नेता भट्टराईले एमसीसीलाई गोप्य रूपमा प्रचण्डले पठाएको पत्रले नागरिकको अपमान भएको बताएका छन् । उनले लोकतान्त्रिक राज्यमा नागरिकलाई सुचनाको हकबाट बन्चित गरिनु अलोकतान्त्रिक चरित्र भएको समेत बताएका छन् ।
विज्ञापन
प्रधानमन्त्री र गठबन्धनका अर्का नेता पुष्पकमल दाहालले एमसीसीका बारेमा अमेरिकी सरकारलाई पठाएको पत्र नेपाली जनतालाई जानकारी नगराउनु र लुकाउनु सार्बभौम नागरिकप्रतिको घोर अपमान हो भन्दै उनले सरकार र प्रचण्डको चरित्र ठिक नभएको जनाएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “प्रधानमन्त्री र गठबन्धनका अर्का नेता पुष्पकमल दाहालले MCC का बारेमा अमेरिकी सरकारलाई पठाएको पत्र नेपाली जनतालाई जानकारी नगराउनु र लुकाउनु सार्बभौम नागरिकप्रतिको घोर अपमान हो । लोकतान्त्रिक राज्यमा नागरिकको सुचनाको हक संबैधानिक अधिकार हो, सरकारले यो अधिकारलाई कुन्ठित गरी आफ्नो अपारदर्शी र अलोकतान्त्रिक चरित्र देखाएको छ ।”
फेसबुक प्रतिक्रियाहरु