सत्तागठबन्धनमा खटपट आएको , प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न सहयोग नगरे गठबन्धन भत्काउँने चेतावनी दिएको लगायतका बिषयमा चर्चित राजनितिक विश्लेषक डा सुरेन्द्र केसीले खरो विश्लेषण गरेका छन् ।
स्थानिय तहको निर्वाचन निर्धारित समयमै गर्नु पर्ने दबावालाई विषयान्तर गर्न यस्तो हल्ला चलाइएको हुन सक्ने आशंका गर्दै डा केसीले एका तिर हल्ला गरेर अर्को खेल खेल्ने राजनिती हुन सक्ने पनि अनुमान गरेका छन् भने मालिकले अप्ठेरो पारेर अब भने एमसीसी वार की पार गर्नैै पर्ने अवस्थामा आएको हुन सक्ने पनि विश्लेषण गरेका छन् ।
विज्ञापन
विश्लेषक डा केसीले प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसीमा हस्ताक्षर गर्ने तत्कालिन अर्थमन्त्री एवं हालका संचार तथा सूचना प्रविधीमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको एमसीसीमा के लेखिएको छ भनेर पढ्ने ल्याकत नभएको दाबि गरेका छन् ।
विज्ञापन
अमेरिकीहरुलेनै लेखेको र यिनीहरुले त हस्ताक्षर मात्रै गरेको जिकिर डा केसीले गरेका छन् । मूल सम्भौता भन्दा बाहेक ९ सय पृष्ठको छुट्टै सम्झोता भेटियोरे ? के ९ सय पृष्ठ भित्र के लेखिएको छ भनेर पढ्ने धैर्यता होला त शेरबहुर देउवासँग ? यस्तो कुरा पनि कसैले पत्याउँछ ? भन्दै उनले प्रश्न गरेका छन् ।
एमसीसी जतीनै राम्रो भए पनि नेपाली जनताले चाँहिदैन भने पछि किन जबर्जस्ती पास गर्नु पर्ने ? भन्दै केसीले सरकार सँग जवाफ मागेका छन् । नेपाली जनतानै यसको विपक्षमा भए पछि आफु पनि कुनै पनि हालतमा एमसीसी पास गर्नु हुन्न भन्ने पक्षमा रहेको केसीले स्पष्ट पारेका छन् ।
एमसीसी राम्रो छ र भन्ने र एमसीसीको विषयमा सबैभन्दा जान्ने म हुँ भन्ने सँग प्रत्यक्ष बहसमा आउँन पनि डा केसीले चुनौति दिएका छन् । एमसीसीमा सबैभन्दा जान्ने म हँु भन्ने को हो उ म सँग बहसमा आओस् नेशनल मिडियामा बहस गर्न तयार छु तर दोस्रो तस्रो सँग गर्दिन सबैभन्दा जान्ने हुँ भन्नेनै आओस् । डा केसीले चुनौति दिएका छन् ।
पूर्वप्रधानमन्त्री बावुराम भट्टराईले एमाले नेता भिम रावलललाई नक्कली पिएचडी भनेको बिषयमा डा केसीले त्यसो भने उनको पिएचडी चाँही सक्कली होली नी त म बावुराम सँग एमसीसीको बिषयमा बहस गर्न चाहन्छु तयार हो ? भन्दै च्यालेन्ज गरेका छन् ।
सत्तागठबन्धनमा खटपट आएको र गठबन्धन भत्कन सक्ने बिषयमा डा केसीले अरु कारणले होइन काग्रेस र एमाले मिलेर सभामुख अग्नी सापकोटालाई छोए भने चाँहि गठबन्धन भत्कन सक्ने बताए । एमसीसी सभामुख सापकोटाकै कारण रोकिएको हो भने उनलाई आफुले स्यालुट गर्ने पनि केसीले बताएका छन् ।
एमसीसी सुरु गर्ने नै माओवादी हो भनेर लगातार प्रमाण सहित बोल्दै आएका केसीले यदि सभामुखलेनै एमसीसी रोकेका कारण हटाइयो भने कृष्णबहादुर महरालाई पनि यहि कारण हटाइएको प्रमाणित हुने बताएका छन् । एमसीसी रोकेकै कारण एमालेले सभामुख हटाएमा गल्ती हुने केसीले बताएका छन् ।
फेसबुक प्रतिक्रियाहरु