काठमाण्डाै ।
नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुराको जनसङ्ख्या पनि जनगणना २०७८ मा समेटिएको केन्द्रीय तथ्याँक विभागले जनाएको छ ।
विज्ञापन
जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० भित्र ती भेगको जनसङ्ख्या समेत समेटिएको जानकारी दिनुभयो । ती भेगमा कति जनसङ्ख्या छ भन्नेबारे भने विस्तृत प्रतिवेदनमा मात्रै समेटिने विभागले जनाएको छ ।
विज्ञापन
विभागले ६ महिनाभित्र विस्तृत प्रतिवेदन सार्वजनिक हुने जनाएको छ । गणक आफैं ती भेगमा पुग्न नसकेपछि वैकल्पिक माध्यमबाट जनगणना गरिएको थियो ।
फेसबुक प्रतिक्रियाहरु