सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • थापालाई लिङ्देनको जवाफ : मौनता र शालिनतालाई कमजोरी ठान्नेदेखि दया लाग्छ
समाचार

थापालाई लिङ्देनको जवाफ : मौनता र शालिनतालाई कमजोरी ठान्नेदेखि दया लाग्छ

काठमाडाैं ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो मौनता र शालिनतालाई कमजोरी ठान्ने पार्टीभित्र र बाहिरकालाई देखेर दया लाग्ने टिप्पणी गरेका छन् । पूर्व अध्यक्ष कमल थापाले नेतृत्वको आलोचना गरिरहेको बेला लिङ्देनले यस्तो जवाफ फर्काएका हुन् ।

विज्ञापन

 

विज्ञापन

‘हाम्रो मौनता,शालीनतालाई कमजोरी ठान्नेभित्र बाहिरका दुवै थरीलाई देखेर दया लाग्छ’, उनले ट्वीटरमा भनेका छन्, ‘कसैलाई भ्रम नरहोस् राप्रपाको गति कसैले रोकेर रोकिन्न, राप्रपा अघि बढ्छ ।’ उनले अब राप्रपालाई असफल हुने सुविधा नभएको पनि बताएका छन् ।

पार्टी अध्यक्षमा पराजित भएपछि कमल थापाले निर्मल निवास र लिङ्देनको आलोचना गर्दै आएका छन् भने निर्वाचनमा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन गर्न माग गर्दै आएका छन् । कमल थापा चुनावपछि पार्टीको सामूहिक गतिविधिमा छैनन् ।

केही दिनअघि मात्रै निर्वाचन आयोगले पठाएको पत्रबारे टिप्पणी गर्दै थापाले नेतृत्वको क्षमतामाथि प्रश्न उठाएका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस