शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • प्रचलन
  • राजयोगमा जन्मिने ४ राशिको बारेमा जान्नुहोस्
प्रचलन

राजयोगमा जन्मिने ४ राशिको बारेमा जान्नुहोस्

ज्योतिषी भाषाअनुसार भन्ने हो भने तपाईहाम्रो जीवन राशिअनुसार चल्छ । तपाईमाथि गृह, नक्षेत्रको के कस्तो प्रभाव परेको छ, यो कुरा राशिले स्वतः दर्शाउँछ ।आधुनिक युगमा जीइरहेकाले हामी ज्योतिषीसँग खासै सरोकार राख्दैनौं । तर, सत्य यो पनि हो कि जो समस्या जोतिषीद्वारा हल गरिन्छ, त्यो अन्य उपायबाट समाधान हुन सक्दैन ।कुनै पनि व्यक्ति कस्तो होला रु जस्तो देखिन्छ के वास्तवमै त्यो व्यक्ति त्यस्तो होला रु यी सबै सवालको जवाफ पनि हामीलाई ज्योतिषीको माध्यमबाट मिल्न सक्छ । जीवनको गोप्या कुराको खुलासा पनि तपाईको कंडलीले गर्छ ।

तर यी सबैको इतर ज्यातिषी विद्याको एक अर्को खास विशेषता छ । जसअन्तर्गत तपाई कुनै पनि व्यक्तिलाई उसको राशिको माध्यमबाट पनि चिन्न सक्नुहुनेछ । अर्थात राशिको अन्तर्यमा एक खास खुवी हुन्छ, जुन व्यक्तिको जस्तो राशि हुन्छ त्यो खुवी स्वतः उसभित्र प्रेवश गर्छ ।यो आलेखमा तपाईको राशिको एक महत्वपूर्ण खुवीबारे उल्लेख गरिएको छ । ज्योतिषीअनुसार जति पनि राशि छन् ती सबै उत्तिकै महत्वपूर्ण छन् । तर, त्यसमध्ये पनि ४ वटा राशि यस्ता छन्, जो वास्तवमै धेरै बलिया हुन्छन् । यी राशिहरु यती बलवान हुन्छन् की, त्यहाँ अरुले दबिएर बस्नुपर्ने बाध्यता हुन्छ ।

विज्ञापन

मेष राशि: यो श्रेणीमा सबैभन्दा पहिलो नम्बरमा मेष राशि छ । जो राशि अन्य सबै राशिभन्दा उर्जावान मानिन्छ । यो राशिका मानिसहरु सधैं सक्रिय रहन्छ, रोक्नु यीनिहरुको स्वभामा हुँदैन् । यदी कसैले यो राशिका मानिसहरुलाई दिक्क बनाउँछ भने उनीहरुले त्यसको वास्ता गर्न छाडिदिन्छन् ।मेष राशिका मानिसहरु कसैमाथि भरोसा गर्दैनन् । कुनै पनि कुरालाई सधैं आफू मातहत राख्न सक्षम हुन्छन् । कुनै पनि कार्यमा आफ्नो निर्णय लागू गर्न चाहान्छन्, र धेरैजसो अवस्थामा सफल पनि हुन्छन् । यीनिहरु कसैसँग प्रभावित भएर आफ्नो जीवनको दिशा बदल्दैनन् ।

विज्ञापन

बृश्चिक राशि: बृश्चिक राशिका मानिसहरु समर्पित र इमान्दार हुन्छन् । साथै यस राशिका व्यक्तिहरुको भित्र विद्रोही भावना पनि प्रमुखताका साथ हुन्छ । जो मानिसहरु योग्य हुन्छन्, उनीहरुसँग यस राशिका व्यक्ति इमान्दारी निभाउँछन । तर, जो व्यक्तिहरु खुद धोकेबाज हुन्छन् ती व्यक्तिहरुले भने यस राशिका व्यक्तिबाट सदैव सावधान रहनु जरुरी हुन्छ ।यो राशिका मानिसहरु धेरै भावुक पनि हुन्छन् । जसकारण कहिलेकाँही यीनिहरुलाई सहन मुस्किल पनि हुन्छ । बृश्चिक राशिका मानिसहरुमा भविश्यका संभावित घटनाबारे थाहा पाउने अद्भुत क्षमता हुन्छ ।

कुम्भ राशि: कुम्भ राशि भएका मानिसहरुको सबैभन्दा ठूलो विशेषता भनेको के हो भने उनीहरु भावनामा बगेर कुनै निर्णय गर्दैनन् । यदी जरुर पर्यो भने यीनिहरु आफ्नो भावन र समवेदनाहरुको पनि वास्ता नगरी अगाडि बढ्न सक्छन् । कुम्भ राशिका मानिसहरु धेरै रोचक र जिज्ञासु हुन्छन् । यीनिहरु बुद्धिमान पनि मानिन्छन् । यीनिहरु जिद्धी स्वभावका हुनुका साथै आत्मविश्वासी पनि हुन्छन् ।

मकर राशि: यो राशि सबैभन्दा उत्कृष्ट राशि मानिन्छ, किनभने यो राशिका मानिसहरुमा आत्म नियन्त्रणको भावना धेरै प्रबल हुन्छ । अन्य राशि भएका व्यक्तिको मकर राशिवालाहरुमा उत्कृष्ट तरिकाले सोच्ने र सम्झने क्षमता हुन्छ । यो राशिका मानिसहरु सधैं सक्रिय रहन्छन् । मकर राशिका मानिसहरुमा आत्मविश्वास धेरै नै हुन्छ । जस कारण यो राशिका मानिसहरु धेरै छिटो सफलता हासिल गर्न सक्छन् ।

यसैगरी वर्षमा १२ महिना हुन्छ त्यसैअनुसार महिनै पिच्छे सबैको आ आफ्नै फरक फरक जन्म महिना रहेको हुन्छ । र त्यही जन्म महिनाअनुसार फरक फरक विशेषता रहेको हुन्छ ।मानिसहरु तथा ज्योतिषहरु भन्ने गर्दछन यो महिना जन्मेको मानिस यस्तो भनेर तर कसैलाइ पनि थाहा हुदैन की कुन महिना जन्मेको मानिस कस्तो भनेर त्यसैले आज हामी कुरा गदैछौ । कुन महिना जम्मदा कस्तो हुँदो रहेछ त ?

सुरुवातमा वैशाख महिनाको कुरा गरौं,यस महिनामा जन्मिएका व्यक्तिहरु अरुसँग मित्रवत व्यवहार गर्ने र कसैसंग कुनै दुश्मनी बनाउन नचाहाने स्वभावका हुन्छन भने धनवान, राम्रो विचार भएका र युवती तथा आफ्ना पत्नीलाई निकै माया गर्ने स्वभावका रहेका हुन्छन ।त्यसैगरी जेठ महिनामा जन्मिएका व्यक्तिहरु धेरै मेहेनती र उत्तम बुद्धि भएका हुन्छन् भने उनीहरु आफ्नो कडा परिश्रम र मेहेनतको बावजुद प्रशस्त धनसम्पति कमाउछन । त्यसैगरी असार महिनामा जन्मिएका व्यक्तिहरु निकै भाग्यमानी हुने गर्छन र जीवनमा सोचे भन्दा बढी आयआर्जन गर्न साथै सधै सफल हुने तथा थोरलेै मात्र सुख भोग गर्ने मौका पाउनेछन ।

त्यसैगरी साउन महिनामा जन्मेका व्यक्तिहरु धार्मिक कामहरुमा बढी रुचि राख्नुका साथै जीवनमा दुख र सुख बराबर हुने गर्छ। यस महिनामा जन्मिएका व्यक्तिहरुले आफ्नो पार्टनरबाट भरपूर माया पाउने हुँदा जीवनभर सुखी र खुशी रहने हुन्छन ।त्यसैगरी भाद्र महिनामा जन्मेका व्यक्तिहरु मिठो बोली र सरल भएका हुन्छन साथै कडा मेहेनत र परिश्रमका बावजुद यिनीहरुले प्रशस्त धन कमाउन सक्छन भने यस महिनामा जन्मेका महिलाहरुले निकै सुख र शान्तिको अवसर प्राप्त गर्न सक्नेछन ।त्यसैगरी असोज महिनामा जन्म भएका व्यक्तिहरु निकै सुन्दर ,पवित्र मन भएका र धनवान हुने गर्छनभने यिनीहरु अत्यन्त दयालु र परोपकारी भावना भएका हुन्छन ।

त्यस्तै कात्तिक महिनामा जन्मिने व्यक्तिहरु घमण्डी स्वभावका भएपनि निकै धनवान र बुद्धिमानी हुने गर्दछन भने मानिसहरु भाग्यमा निर्भर हुने र परिश्रम नगर्ने स्वभावका पनि रहेका हुन्छन साथै यिनीहरु अन्य व्यक्तिसँग लामो समय मिलेर बस्न नसक्ने स्वभावका हुन्छन ।त्यसैगरी मंसीर महिनामा जन्म हुने मनिसहरु निकै नरम र भलादमी स्वभावका हुने तथा झुट बोलेको नसहने र उनीहरुको मन धार्मिक काममा बढी जान्छ । साथै यिनीहरु प्रशस्त धन आर्जन गर्न सफल हुन्छन तर खर्च बढी गर्ने बानीका कारण त्यति धन कमाउन भने यनसक्ने किसिमका हुन्छन ।

त्यसैगरी रहेको छ पुस महिना यस महिनामा जन्मेका मानिसहरुको सोच्ने र बुझ्ने क्षमता अत्यधिक हुन्छ भने उनीहरु आफ्नो कडा मेहेनत र परिश्रमबाट राम्रो आयआर्जन गर्न सफल रहनुका साथै यस महिनामा जन्म लिएका व्यक्तिहरुले सामाजिक कामबाट समेत ठूलो मान सम्मान पाउन हुन्छन ।त्यसैगरी माघ महिना जन्मिएका व्यक्तिहरुको मन निकै सफा हुनुका साथै कसैको नराम्रो सोच्दैनन् । यिनीहरु हँसिलो र जिद्दी स्वभावका हुन्छन भने यस महिनामा जन्म भएका मानिसहरुलाई व्यापारमा राम्रो सफलता मिल्ने हुँदा प्रशस्त धनसम्पति जोड्ने मौका मिल्ने हुन्छ ।

त्यसैगरी फाल्गुण महिनामा जन्मेका मानिसहरु निकै दयावान,धनवान र विद्यावन हुने गर्छन । उनीहरु अन्य कसैको दुख देख्न नसक्ने तथा जो कोहीलाई सक्दो सहयोग गर्ने गर्दछन भने यस महिना जन्मेका व्यक्तिहरु निकै रिसालु स्वभावका भएपनि अरुको दुखमा सधैं साथ सहयोगको हात अगाडी बढाउने किसिमका हुन्छन ।त्यसैगरी अन्तिम महिना रहेको छ चैत , यस महिनामा जन्मेका व्यक्तिहरु निकै रिसालु भएपनि अरुलाई दया गर्ने स्वभावका हुने तथा पैसाको राम्रो बन्दोवस्त गरी ठूलो मात्रामा धन कमाउने गर्दछन साथै यस महिनामा जन्म भएका व्यक्तिहरुले स्वास्थ्यमा भने राम्रो ध्यान पुर्याउन आवश्यक हुन्छ ।

ज्योतिष शास्त्रका अनुसार आफू जन्मेको बारको ग्रहको प्रभाव पनि जीवनभर रहने गर्छ। त्यसैले आफु जन्मेको वार पनि थाहा पाउन जरुरी छ ।हेरौ कुन वार के हुने भनेर ,सुरुवात आइतवारबाट , आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो ।मंगलवार मंगलको हुन्छ भने बुधवार बुधको प्रभाव रहने गर्छ । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । यी ग्रहहरुले तपाईको आयआर्जनमा समेत प्रभाव पार्ने गर्छन ।तर यति कुरो याद गर्नुस तपाइ आफ्नो भाग्यमा भन्दा नी कर्ममा विश्वास गर्नुहोस तपाइ सधै सफल हुनुहुनेछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस