On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शनिबार, बैशाख २२, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • वायुसेवा निगममा यसरी हुदैँ ६० करोड कमिशनको खेतीको तयारी
समाचार

वायुसेवा निगममा यसरी हुदैँ ६० करोड कमिशनको खेतीको तयारी

काठमाडौं ।

नेपाल वायुसेवा निगममा ६० करोड कमिशनको खेल सुरू भएको छ । आर्थिक रुपमा धराशायी भएको निगमबाट व्यक्तिगत आर्थिक लाभमात्रै लिने खेलमा रहेका पदाधिकारीहरू चिनियाँ कम्पनीबाट कमिशन खानका तयारीमा जुटेकाे चर्चा कर्मचारीहरूले गरेका छन् ।

विज्ञापन

उक्त खेलमा पर्यटन मन्त्री प्रेम आलेकाे पनि सहमति लिएर कमिशनकाे खेती गर्ने तयारी गरिएको छ । साथै, निजी क्षेत्रबाट सञ्चालक समिति सदस्य नियुक्त भएका उद्योग बाणिज्य महासंघमा उपाध्यक्षसमेत रहिसकेका किशोर प्रधानसमेत संलग्न रहेको आरोप लागेको छ ।

विज्ञापन

 

 

 

निगमले निगमका जहाजहरुको इञ्जिन बनाउने एमआरओ छनौटमा करिब ६० करोड कमिशनका लागि चाँजाेपाँजाेकाे तयारी गरिएकाे बताइएको छ । स्राेत भन्छ, निगमले एमआरओ छनौटका लागि एक चिनियाँ कम्पनीसँग सौदाबाजी भइरहेको आरोप छ । यसका लागि निगमका एकजना पाइलटले विचौलियाको काम गरिरहेको र उक्त कार्यलाई वैधानिक बनाउने काम भने सञ्चालक समितिबाटै गरिने भएको छ ।

स्राेत भन्छ, बिना टेण्डर २०७८ माघ ६ गतेको सञ्चालक समितिको बैठकमा उक्त निर्णय प्रस्ताव गरिएको थियो । करिब ३ अर्ब रुपैयाँ बराबरको उक्त कार्यमा चिनियाँ कम्पनीले कम्तीमा २० प्रतिशत कमिशन दिने प्रस्ताव गरेको छ । त्यसो हुँदा कम्तीमा ६० करोड कमिशन आउने निगम स्रोतको दावी छ ।

निगमकाे व्यवस्थापक निकट स्राेतका अनुसार, एउटा न्याराे बडी जहाज २०२१ डिसेम्बर २८ तारिख(२०७८ पुस १३ गते)बाट दाेहामा ग्राउण्डे भएर बसेकाे छ । प्राविधिकहरू चेकजाँच प्रतिवेदनबाट साे जहाजकाे इन्जिन बिग्रिएकाे र मर्मत गर्नुपर्ने देखिएकाे छ । न्याराे बडी जहाजकाे इन्जिन मर्मत गर्दा बढीमा २५ हजारसम्म यूएस डलर खर्च हुन्छ भने नयाँ खरिद गर्दा एक अर्ब २५ कराेड लाग्छ । निगमका लागि न्याराे बडीकाे जहाज फाइदाजनक रहेकाे छ । न्याराे बडी जहाज प्रति उडान घण्टा ५ हजार डलर खर्च छ भने वाइ बडी जहाजकाे उडान खर्च प्रति घण्टा १५ खर्च लाग्छ । निगमले सिल्ड काेटेशनका आधारमा दाेहामा ग्राउण्डेड न्याराे बडी जहाजकाे इन्जिन मर्मत गर्ने तयारी गरेकाे निगमकाे व्यवस्थापक निकट स्राेतले बतायाे । रू. तीन अर्ब र ६० कराेड कमिशन भन्ने कुरा कसैले कल्पना गरेकाे हाे, निगममा त्यस्ताे कुनै याेजना र र तयारी रहेकाे छैन ।

त्यही महत्वपूृर्ण निर्णय गर्नुपर्ने भएका कारण निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने दुईजना हेलिकप्टर सञ्चालक ईश्वरीप्रसाद पौडेल र फुर ग्याल्जे शेर्पालाई बैठकमा प्रवेश गर्नै दिइन् । पर्यटन मन्त्री आलेले निगमको एक कार्यक्रममा केही दिनअघि स्वार्थ बाझिने व्यक्तिलाई सञ्चालक समितिमा नराख्ने दावी गरेका थिए ।

त्यही दावीका आधारमा हेलिकप्टर साहुजी पौडेल र शेर्पालाई बैठकमा बोलाएर पनि प्रवेश गर्न नदिएको दावी गरिएको छ । उनीहरुले बैठकमा बोलाएर पनि प्रवेश गर्न नदिएको भन्दै मन्त्री आलेलाई २०७८ माघ ६ गते नै पत्र लेखेर नै जानकारी गराएका छन् । उक्त पत्रमा पनि कमिशनको खेलबारे जानकारी गराएका छन् ।

 

सञ्चालक समितिका सदस्यद्वय पौडेल र शेर्पालाई बैठकमा प्रवेश गर्न रोकेका निगमका कर्मचारीले महाप्रबन्धक डीमप्रकाश पौडेलका विरुद्ध पनि कालो ब्यानेर राखेर गेटबाटै रोकेका थिए । उनीहरुले पौडेललाई भने माफियाको आरोप लगाउँदै प्रवेशमा रोक लगाएका हुन् ।

मन्त्री आलेले यसअघि नै निगमबाट महाप्रबन्धक पौडेललाई भने मन्त्रालयको जगेडामा राखिदिएका छन् । महाप्रबन्धकको झन्डै साँढे ४ लाख रुपैयाँको तलब पनि घटाएर ५० हजार झारी दिएका छन् । साँघु न्यूजबाट

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस