काठमाडौं ।
सहरी विकास मन्त्री एवं नेकपा एकीकृत समाजवादी की सचिव रामकुमारी झाँक्रीले एक महिनाजसो सोसल मिडियामा हाजिरी जनाइनन् । मूलधारका सञ्चारमाध्यममा पनि देखिइनन् । आखिर सोसल मिडिया सेलेब्रिटी झाँक्री कता बेपत्ता भइन् त ?
विज्ञापन
पत्रकारसँग कुरा गर्दै मन्त्री झाँक्रीले त्यसको राज खुलाइन्, “एक त म सोसल मिडियामा कम जान लागेँ । मेन स्ट्रिमका मिडियामा जान कम गरेँ ।
विज्ञापन
सहरी विकास मन्त्री हुनासाथ आफूलाई कोभिड र निमोनिया भएको पनि उनले खुलाइन् । उनले थपिन्, “मन्त्री भएपछि मलाई कोभिड र निमोनिया भयो । एक महिनाजसो बिरामी नै परेँ । त्यस कारण मेरो बाहिरी सक्रियता नदेखिएको हो । अरु कुनै कारण छैन ।”
अहिले उनी दैनिक ५ सय जनालाई भेटिरहेकी छन् । तर मन्त्रालयमा तपाईंको प्रभावकारिता त केही देखिएन नि भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, “म रोस्टर नै राखेर दैनिक ५ सय मान्छे भेटिरहेकी छु । म व्यक्तिगतभन्दा पनि सामूहिक कुरा गर्छु । मेरा समकालीन र जुनियर साथीहरु प्रेमले आउनुहुन्छ । जिल्लाबाट आउने साथीहरु दुई—पाँच लाखका खुद्रे योजना लिएर आउनुहुन्छ ।
त्यसपछि मलाई के थाहा भयो हामीले स्थानीय सरकार छ भन्ने अनुभूति दिन सकेका रहेनछौं । जनप्रतिनिधिहरुलाई हामी पनि सरकार हो भन्ने घमण्ड मात्र रहेछ ।”
आफूले मन्त्रालयमा सुशासन, संगठनात्मक र व्यवस्थापन सुधारका काम सुरु गरेको मन्त्री झाँक्रीले बताइन् । उनले भने, “मेरो मन्त्रालयले आम जनतालाई डोर टु डोर सेवा दिन सक्दैन ।
विपन्न वर्गका लागि जनता आवास, भूकम्पपीडितलाई राहत आदि यसमा पर्छन् । यसको खास अनुभूति सहरी मध्यमवर्गले पाउने हो । उपभोक्ता समितिका नाममा भएका बेरुजुका अंक निकाल्ने काम भइरहेको छ ।
मैले जवाफदेहिता, आर्थिक अनुशासन र पारदर्शितामा जोड दिएकी छु । यसो गराउनैपर्छ । नगरे अख्तियारले हामीलाई छाड्दैन । मैले गरेको प्रयत्नको परिणाम निक्लन अलिकति समय लाग्छ ।”
फेसबुक प्रतिक्रियाहरु