काठमाण्डौ ।
कांग्रेस सभापतिका उम्मेदवार शेखर कोइरालाले दोस्रो चरण चुनावको सामना गर्ने बताउनुभएको छ ।
विज्ञापन
पहिलो चरणको चुनावपछि बसेको कोइराला समूहका नेताहरूको बैठकले दोस्रो चरणमा हुने मतदानको सामना गर्ने निर्णय गरेको हो । सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवालाई संस्थापन इतर समूहका नेताहरूले समर्थन गर्ने बताए पनि कोइराला समूह छलफलमा बसेको थियो ।
विज्ञापन
संस्थापन इतर समूहले नै सहयोग नगरेपछि कोइराला अफ्ठ्यारोमा पर्नुभएको छ । उहाँले अन्तर्मनको आवाज सुनेर भोट हाल्न आह्वान पनि गर्नुभएको छ ।
फेसबुक प्रतिक्रियाहरु