सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • नायिका नम्रताले लिइन् ओशो सन्यास
मनोरञ्जन

नायिका नम्रताले लिइन् ओशो सन्यास

काठमाडौं ।

पछिल्लो समयमा कलाकारहरु आध्यात्मिक बन्ने क्रम जारी छ । यसैक्रममा नेपाली चलचित्रकी अभिनेत्री नम्रता सापकोटा पनि आध्यात्मिक बनेकी छिन् । सापकोटाले ओशो सन्यासी बनेको तस्बिर शेयर गर्दै आफैले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् ।

विज्ञापन

तस्बिरमा सापकोटाले गेरु रङको बस्त्र लगाएर हातमा ओशोको पुस्तक बोकेको देखिन्छ । तस्बिर सेयर गर्दै उनले क्याप्सनमा लेखेकी छिन्, ‘प्रेम लक्ष्य हो…जीवन यात्रा हो…ओशो ।’

विज्ञापन

 

प्रत्येक महिनाको ७ देखि १४ तारिखसम्म चल्ने ओशो ध्यान शिविरमा एक हप्ताको शिविरमा सहभागी भएर मंगलबार अभिनेत्री सापकोटा घर फर्किएकी छिन् ।

 

अभिनेत्री तथा सन्यासी शोभिता सिंखडाले नम्रतासँगको एक तस्बिर शेयर गर्दै लेखेकी छिन्, ‘ओशो परिवारमा स्वागत छ ।’ सोभिता पछि नम्रता सन्यासी बन्नेमा दोस्रो नायिका बनेकी छिन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस