काठमाडौं ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सादगी र नैतिकवान् नेता भएको बताएका छन् ।
विज्ञापन
झापामा आयोजित नेपाल खेलकुद महासंघ प्रदेश १ को भेलामा राईले नेपालको प्रशंसामा अधिकांश समय बिताएका थिए ।
विज्ञापन
आफू खेलप्रेमी मात्र नभएर एक बेला खेल जीवन बिताएको स्मरण गर्दै राईले मन्तव्य सुरु गरे । ‘कुनै बेला म कुनै खेलको प्रशिक्षण लिइरहेको थिएँ,’ उनले भने, ‘त्यसकारण मलाई खेल नौलो कुरा होइन ।’
उनले माधव नेपाल हातमा आएको प्रधानमन्त्री पद धेरै पटक त्यागेको दाबी गरे । ‘मैले नेपाली राजनीतिमा माधव नेपाल जत्तिको नैतिकवान् नेता देखेको छैन,’ उनले भने, ‘कति पटक उहाँले किस्तीमा दिइएको प्रधानमन्त्री छाड्नुभएको छ ।
एक पटक उहाँले खाँदाखाँदैको प्रधानमन्त्री छाड्नुभएको छ, उहाँ नैतिकता भएको नेता हो । उहाँ सादगी नेता हो ।’
माधव नेपालको अझै प्रधानमन्त्री बन्ने सम्भावना रहेको उनको भनाइ छ । ‘धेरैचोटी उहाँले प्रधानमन्त्री छाड्नुभएको छ, अझै उहाँको सम्भावना धेरै छ,’ राईले भने ।
फेसबुक प्रतिक्रियाहरु