आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • एमालेको चितवन महाधिवेशन : राजमार्गका ठाउँठाउँमा स्वागतद्वार निर्माण
समाचार

एमालेको चितवन महाधिवेशन : राजमार्गका ठाउँठाउँमा स्वागतद्वार निर्माण

चितवन।
चितवनमा पर्सिदेखि सुरु हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको चितवनमा तीव्र तयारी भइरहेको छ ।

महाधिवेशनलाई लक्षित गरेर चितवनका ठाउँठाउँमा स्वागतद्वार निर्माण गरिएको छ । पूर्वपश्चिम राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्डका मुख्य क्षेत्रमा स्वागतद्वार निर्माण गरिएको महाधिवेशन प्रचार सहयोग समितिका संयोजक विजय सुवेदीले जानकारी दिए ।

विज्ञापन

उनका अनुसार काठमाडौंबाट चितवन भित्रने सिमाना मौवा खोला, पोखरालगायतका जिल्लाबाट चितवन भित्रने सिमाना मुग्लिन, पश्चिम नेपालबाट चितवन भित्रने सिमाना पुलचोक र पूर्वि नेपालबाट चितवन भित्रने सिमाना लोथरमा स्वागतद्वार निर्माण गरिएको छ ।

विज्ञापन

 

 

 

स्वागतद्वार पार्टीका विभिन्न भातृ संगठनहरुले निर्माण गरेका हुन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस