आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • जग्गा दिनुस् चितवनमै बनाउँछौं शिक्षक अस्पताल : अर्थमन्त्री शर्मा
समाचार

जग्गा दिनुस् चितवनमै बनाउँछौं शिक्षक अस्पताल : अर्थमन्त्री शर्मा

चितवन।

अर्थ मन्त्री जनार्दन शर्माले जग्गा उपलब्ध भए चितवनमै शिक्षक अस्पताल बनाउने घोषणा गरेका छन् ।

विज्ञापन

भरतपुर महानगरपालिकाले सोमबार आयोजना गरेको ‘समृद्ध भरतपुरको लागि विकास बहस’ कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आवश्यक जग्गा उपलब्ध भए चितवनमै शिक्षक अस्पताल बनाउने घोषणा गरेका हुन् । ‘हामीलाई तत्काल जग्गा चाहिएको छ, चिततवनमै जग्गा पाए यही अस्पताल बनाउँछौं’–अर्थमन्त्री शर्माले भने ।

विज्ञापन

 

 

 

उनले जग्गा उपलब्ध नभए कर्णालीमा शिक्षक अस्पताल खोल्ने भन्दै सकेसम्म चितवनमै जग्गा उपलब्ध गराउन आग्रह गरे । ‘मैले मेयर साबलाई भनिसके जग्गा दिनुहुन्छ त ठिकै छ चितवनमै बनाउँ नभए कर्णालीमा गए बनाउँछौं जसरी भएनी उपचार गर्ने त हो’–मन्त्री शर्माले भने ।

सरकारले शिक्षकहरुका लागि भन्दै छुट्टै अस्पताल खोल्ने तयारी गरिरहेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस