शुक्रबार, फाल्गुन ७, २०८२
  • होमपेज
  • समाचार
  • विप्लवको नेपाल बन्दका कारण चितवनको जनजिवन प्रभावित,बिहानैदेखि यात्रुलाई सास्ती
समाचार

विप्लवको नेपाल बन्दका कारण चितवनको जनजिवन प्रभावित,बिहानैदेखि यात्रुलाई सास्ती

Renu Dahal

चितवन।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण चितवनसहित देशभरको जनजिवन प्रभावित भएको छ । बन्दका कारण बिहानैदेखि यात्रुले सास्ती पाएका छन् । विशेषगरी लामो दूरीबाट यात्रा गरेर चितवन आएका यात्रुले बिहानै सास्ती भोगेका छन् । विभिन्न जिल्लाबाट चितवन आइपुगेका यात्रु चितवनका विभिन्न ठाउँमा अलपत्र परेका छन् ।

विज्ञापन

बन्दको प्रभाव कम गर्न ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ । चोकचोकमा प्रहरीको उपस्थिति बाक्लो छ । प्रहरीले फाट्टफुट्ट सार्वजनिक गाडी चलिरहेको पनि जनाएको छ । सार्वजनिक गाडीको सङ्ख्या कम भए पनि निजी गाडी र मोटरसाइकल भने सामान्य रुपमा चलिरहेका छन् ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस