बुधबार, पुस ३, २०८१
  • होमपेज
  • समाचार
  • माधव नेपालले कम्युनिस्ट आन्दोलनसँग गद्दारी गरेको प्रभु साहको आरोप
समाचार

माधव नेपालले कम्युनिस्ट आन्दोलनसँग गद्दारी गरेको प्रभु साहको आरोप

नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री प्रभु साहले पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालमाथि कम्युनिस्ट आन्दोलनसँग गद्दारी गरेको आरोप लगाएका छन् ।

 

विज्ञापन

शुक्रवार नेकपा एमालेको प्रथम कोल्हवी नगर अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै साहले २०७४ सालको निर्वाचनमा कम्युनिस्टहरु आपसमा मिलेर चुनाव लडेको र जनताले समेत विजयी बनाएर सत्ता सुम्पिएको बताए । माधव नेपालले जनताको सो मतविपरीत कम्युनिस्ट आन्दोलनलाई धोका दिँदै शेरबहादुर देउवासँग मिलेर सरकार बनाएको उनको आरोप थियो ।

विज्ञापन

कुनै बेला राजाको पाउमा दाम चढाएका नेता नेपालले अहिले देउवाको पाउमा दाम चढाएको साहको टिप्पणी थियो । माधव नेपाल कम्युनिस्ट आन्दोलनकै कलंक भएको भन्दै उनले कलंकलाई पखालेर फाल्नुपर्ने बताए ।

कार्यक्रममा एमाले प्रवक्ता प्रदीप ज्ञवाली, पूर्वमन्त्री पुरुषोत्तम पौडेल, प्रदेश २ का सह–ईन्चार्ज अच्युत मैनालीलगायतका नेता सहभागी थिए ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस