काठमाडौं ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं सांसद महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली ‘फादर अफ द नेशन’ भएको घोषणा गरेका छन् ।
विज्ञापन
आइतबार नेकपा एमाले दक्षिणकाली नगर कमिटीले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै नेता बस्नेतले केपी ओली राष्ट्र पिता रहेको घोषणा गरे ।
विज्ञापन
उनले भने, ‘०७४ ले हामीलाई सुपर भोट दियो । सुपर भोटले केपी ओलीजस्तो सुप्रिम लिडर जन्मायो । आज केपी ओलीलाई आम जनता र युवा वर्गले फादर अफ द नेसन भनेर उपमा दिइरहेका छन् । उहाँ सबैको अभिभावक बन्नुभएको छ । सबैको बुवा बन्नुभएको छ । कतिपय मानिसहरुलाई सुगर होला, हस्पिटल भर्ना होला तर, केपी ओली फादर अफ द नेसन भनेर प्रमाणित गरेको छ र गर्नेछ ।’
मुलुकको विकास र समृद्धिमा अध्यक्ष ओलीले खेलेको भूमिका ऐतिहासिक भएको उनले भनेका छन् । उनका अनुसार ओली दक्षिण अफ्रीकाका प्रथम राष्ट्रपति नेल्सन मण्डला नै रहेको पनि बताए ।
उनले भने, ‘नेन्सल मण्डेलालाई दक्षिण अफ्रीकामा फादर अफ नेशन भन्छन् । त्यस्तै आम नेपाली जनताको बीचमा फादर अफ द नेशन भनेर नेपालमा केपी ओली हो भन्ने पुष्टि भएको छ । त्यसैले केपी ओली आइलभ यु, आजलाई हैन भोलीलाई १० वर्ष ओलीलाई भन्ने नारा लगाएका छन् । त्यसैले सारा नेपाली जनताले केपी ओलीलाई ‘फादर अफ द नेशन’ भनि घोषणा गरिरहेका छन् ।’
फेसबुक प्रतिक्रियाहरु