आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • देश किन बनेन भनेर अब एजेण्डा बनाएर छलफल गर्नुपर्छ भनेको छु : माधव नेपाल
समाचार

देश किन बनेन भनेर अब एजेण्डा बनाएर छलफल गर्नुपर्छ भनेको छु : माधव नेपाल

काठमाडौं।

सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देश किन बनेन ? भनेर अब एजेण्डा बनाएर छलफल गर्नुपर्ने बताएका छन् ।

विज्ञापन

पार्टीनिकट नेपाल समाजवादी इन्जिनियरिङ एशोसिएसनको भेलामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘मैले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भनेको छु, हाम्रो देश किन बनेन रु भनेर एजेण्डा बनाऔं । कहाँ रहेको छ समस्या ?’

विज्ञापन

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमै करोडौं खर्चिएर हेलिप्याड बनाएको उल्लेख गरेका छन् । उनले त्रिभुवन विमानस्थल बालुवाटारबाट दश मिनेटमा पुगिनेमा बालुवाटारभित्रै हेलिप्याड बनाउनु गलत भएको टिप्पणी गरे ।

उनले आफूहरुसँग देश बनाउने चिन्ता र सोच रहेको सुनाए । उनले पार्टीले अब सामाजिक क्षेत्रमा महारुपान्तरण अभियान सुरु गर्ने पनि बताए । उनले निजगढमा छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पनि बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस