आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • माधवकुमार नेपाल देश बनाउन होइन‚ एमाले बिगार्न हिडेका हुन् : ओली
समाचार

माधवकुमार नेपाल देश बनाउन होइन‚ एमाले बिगार्न हिडेका हुन् : ओली

काठमाडौं।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल नेकपा एमाले बिगार्न हिडेको आरोप लगाएका छन्।

विज्ञापन

शनिबार नेकपा एमाले सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माधव नेपाल देश बनाउन होइन‚ एमाले बिगार्न हिडेको आरोप लगाएका हुन्।

विज्ञापन

ओलीले भने, ‘बिचरा माधव नेपाल किन कुदेको होला। कहिले पोखरा, कहिले धरान कहिले धनकुटा कहिले बागलुङ। हातमा टुप्पी लिएर हिँडेजस्तो। देश बनाउन होइन‚ एमाले बिगार्नका लागि हो। एमाले राणाशासनमा जन्मिएको हो। एमालेलाई बच्चै हुँदा मार्न खोजिएको थियो।’

देशबाट गरिबी हटाएर समृद्धि ल्याउनु नै समाजवाद भएको बताए। ओलीले भने, ‘चोइटिएर जानेहरूले एकीकृत समाजवादी नाम राखेर हिँडेका छन्। हामीले त्यसरी समाजवाद ल्याउने भनेका होइनौँ। सुखी नेपाली समृद्ध नेपाल भनेकै समाजवाद हो।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस