सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • केपी ओली बालुवा हुन्, उनलाई निचोरेर तेल आउँदैन : अध्यक्ष नेपाल
समाचार

केपी ओली बालुवा हुन्, उनलाई निचोरेर तेल आउँदैन : अध्यक्ष नेपाल

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजतन्त्र र भारतसँग साठगाँठ रहेकाले पटक–पटक संसद् विघटन गरेको आरोप लगाएका छन् । शुक्रबार (आज) नेकपा (एस)को स्याङ्जा जिल्ला पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले ओलीलाई यस्तो आरोप लगाएका हुन् ।

विज्ञापन

त्यस्तै उनले ओली गलत बाटोमा हिँडेकाले उनलाई सुधार्न धेरै पहल गरेको पनि बताए । उनले भनेका छन्, ‘केपी ओली बालुवा हुन् । उनलाई निचोरेर तेल आउँदैन । उनलाई मान्छे बनाउन खोज्नु नै हाम्रो मुर्खता हो ।’

विज्ञापन

त्यस्तै ओलीले कोरोना कोषको रकम खर्च गरेर बालुवाटारमा हेलिप्याड बनाएको बताए । नेपालले कोरोनाको कोषको बजेट दुरुपयोग गर्दै हेलिप्याड बनाएको बताउँदै ओली नेतृत्व सरकारले चरम भ्रष्टाचार गरेको बताए ।

त्यस्तै निर्मला पन्त लगायतका घटनाका दोषीलाई कारबाही नगरी देशमा अशान्ति पैदा गर्ने केपीले आफू र आफ्ना भक्तबाहेक अरुलाई सम्मान गर्न नजान्ने उनले बताए । सरकारमा रहँदा पनि काम गरेको झुटो भाषण गर्ने ओलीले जबजको नारा लगाउँदै पार्टी र सत्ताको दुरुपयोग गरेको उनले बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस